३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाग्म पहिरो : मृतकको संख्या १० पुग्यो, घटनास्थलमै पोष्टमार्टम

अ+ अ-

काठमाडौं । कालिकोटको नाग्म पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । मृत्यु हुनेमा एकै परिवारका ४ सदस्य रहेका छन् ।

नाग्म बजार पछाडी आइतबार पहिरो जाँदा तीन घर पुरिएका थिए । पहिरोमा पुरिएर पसल व्यवसाय गर्दै आएका ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको थियो । मृतक शाहीको घर भने शुभकालिका गाउँपालिका मुंग्रामा रहेको बताइएको छ । नाग्ममा उनीहरु पसल चलाएर बसेका थिए ।

त्यस्तै मृत्यु हुनेमा अर्को परिवारका तीन सदस्य छन् । तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको सोही पहिरोमा घर पुरिँदा मृत्यु भएको हो ।

त्यस्तै अन्य मृत्यु हुनेमा तिलागुफा १ का ३५ वर्षीय मनविर कटुवाल, सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा ज्यान गएको हो ।

मृतक सबैको घटनास्थलमै पोष्टमार्टम गरिने कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए । उनले पोष्टमार्टमका लागि डाक्टरहरुको टोली घटनास्थल पठाईएको बताए ।

शव सदरमुकाम ल्याउन सम्भव नभएकोले घटनास्थलमै पोष्टमार्टमका लागि डाक्टरको टोली पठाइएको प्रजिअ गैरेले जानकारी दिए । जिल्ला सदरमुकाम बाट घटनास्थल करिब तीन घण्टाको दूरीमा पर्छ । तर बाटोमा ठाउँठाउँपहिरोका कारण बाटो कठिन हुँदा चार घण्टासम्म पनि लाग्न सक्ने उनले बताए । शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाउन निर्देशन दिएको प्रजिअ गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस