२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारीसरह तलब–सुविधा माग्दै सिभिल अस्पताल कर्मचारी आन्दोलनमा

अ+ अ-

काठमाडौँ । सिभिल अस्पतालका कर्मचारीहरूले सरकारी कर्मचारीसरह तलब–सुविधा माग गर्दै आन्दोलन सुरु गरेका छन्।

अस्पतालमा कार्यरत कर्मचारीहरूको सङ्गठन ‘निजामती अस्पताल कर्मचारी सङ्घ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बिमालगायत सरकारले तोकेअनुसार नभएको भन्दै आइतबारदेखि आन्दोलन सुरु गरेको हो।

विभिन्न माग लेखिएका ब्यानरसहित अस्पताल अगाडि उभिएर आन्दोलन गरेका कर्मचारीहरूले माग पूरा नहुँदासम्म हातमा कालोपट्टि लगाएर काम गरिने कर्मचारी जनाएका छन् ।

उनीहरूले ‘काम नगर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न कसले रोक्यो ? ‘गल्ती गर्ने कर्मचारीलाई संरक्षण किन र कहिलेसम्म ? ’ ‘कर्मचारीलाई ज्यालादारीमा कहिलेसम्म काममा लगाउने ? ’, ‘सरकारी संस्थामा काम गर्ने कर्मचारीलाई सरकारले तोकेको न्यूनतम तलब दिन के ले रोक्यो ? ’  ‘मेरो कार्य मूल्याङ्कन कहिले ?’, ‘१२ वर्षदेखि एउटै तह, स्तरोन्नति कहिले हुन्छ ? ’ लेखिएका ब्यानरहरू बोकेका थिए ।

नेपाल सरकारले तोकेको न्यूनतम सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरूपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोक सेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य र दैनिक ज्यालादारीलाई उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका छन् ।

यस्तै, अस्पतालको विकास समिति बोर्डमा कर्मचारी संघको प्रतिनिधि हुनुपर्ने, अस्पतालमा कार्यरत कर्मचारी र तिनका परिवारको उपचारमा शतप्रतिशत छुट हुनुपर्ने, सुत्केरी बिदा अघिपछि गरी ९८ दिन हुनुपर्ने र सुत्केरी स्याहार बिदा १५ दिन दिनुपर्ने, अस्पतालमा सञ्चालित अतिरिक्त स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउनुपर्ने लगायतका मागसमेत कर्मचारीहरूले राखेका छन्।

आन्दोलनमा नर्स, ल्याबमा काम गर्ने कर्मचारी, अन्य कर्मचारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस