चितवन । चितवनको चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं- ११ निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो ।
उनी निमोनियाका बिरामी थिए । भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
चितवनमा मृत्यु हुने कोरोना संक्रमितको संख्या योसहित ११ पुगेको छ ।