अनामिकाको लोक सेवा तयारी र प्रेमसम्बन्ध « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अनामिकाको लोक सेवा तयारी र प्रेमसम्बन्ध


१३ भाद्र २०७७, शनिबार


आज शनिवारको दिन । रमाइलो क्षण । आनन्दित महसुस भइरहेको छ । त्यसै बेला अनामिकाको मिल्ने साथी दिव्याले फोन गर्छे र पुराना यार भनाउँदा हरिराम र प्रेमको समाचार सुनाउँदा झस्किन्छे, जसलाई न्यानो सम्बन्धको आशामा रहर वा बाध्यताले आफ्नो शरीर सुम्पेकी हुन्छे । हरिरामलाई आज बलात्कार अभियोगमा प्रहरीले अनुसन्धान चलाइराखेको हुन्छ भने प्रेमको पूर्व सम्बन्धको कारण सम्बन्ध विच्छेद ।

जब उच्च माध्यमिकको पढाइसकेपछि स्नातक गर्दै अनामिकाले खरिदार र नासुको तयारी गरिरहेकी थिई । उसको पढाइ बाहेक अन्यत्र ध्यान थिएन । साथीको खोजिपनि थिएन । दिनभर पढ्थी र विश्राम गर्दा मोबाइल खोलेर च्याट लिस्ट हेर्नुको साटो लोक सेवा तयारी सम्बन्धी पेज र ग्रुपमा गएर अध्ययन गर्ने र सही उत्तरमा कमेन्ट गर्ने बानी परेको थियो । जहाँ लोक सेवा सम्बन्धित उत्प्रेरणामूलक कुरा र प्रश्न राख्नेमा विश्वजीत अगाडि थिए । पहिलो कमेन्ट र सेयर अनामिकाको हुन्थ्यो । अनामिकाको कमेन्ट र सेयरको आशामा विश्वजीतले पोस्ट गरे वा विश्वजीतलाई हौसला दिन अनामिकाले त्यस्तो गरिन् दुवैलाई वास्ता भएन ।

भविष्यको योजना बुन्नमा दुवै व्यस्त थिए । केटीसँग गफिन थालेमा पढाइ बिग्रनेमा विश्वजीत विश्वस्त थिए । लोक सेवा सम्बन्धी अध्ययन सामग्री पढ्ने, पढाई समयमा लोक सेवा सम्बन्धित ग्रुपमा र पेजमा प्रश्न राख्ने बेला बाहेक फेसबुक डिएक्टिभ गर्ने धेरै बोल्न खोजे केटीलाई अन्फ्रेण्ड गर्ने उनको नियति थियो । यो बेलाको लोक सेवा पास गर्नेको सूचीमा अनामिकाको नाम अनुमान गरिसकेका थिए, किनकि उनलाई गाह्रो लागेर फेसबुकमा छलफलका लागि राखेका ५० भन्दा बढी प्रश्नमा अनामिकाले पहिलो कमेन्टमा सही जवाफ दिएकी थिई । जसमध्ये ३ प्रश्न परीक्षामा सोधिएको थियो । दुवैले लोक सेवा सम्बन्धी प्रश्नको छलफल बाहेक प्राइभेट च्याट गर्न दुवैले आवश्यक ठानेनन् र बोलेनन् पनि ।

लोक सेवाको परीक्षा नजिकियो अनामिका परीक्षा दिन काठमाडौँबाट सुर्खेत रात्रिवसको टिकट लिएर आइन् । सँगैको सिटमा बस्ने हरिराम पनि नासुको परीक्षा दिन जाँदै रहेछन् । रातभर कुरा भयो । सँगै फर्किने सल्लाह भयो । सँगै फर्किने क्रममा परीक्षा सम्बन्धी कुरा कम अन्य कुरा बेसी भए। फेसबुक आइडी र फोन नम्बर साटासाट भयो । त्यति राम्रो वर्णकी सोझी केटीले सबै कुरा बताएपछि हरिरामको मनमा लड्डु फुर्‍यो उसलाई फकाउने तानाबाना बन्न थाल्यो । कोठामा पुग्नासाथ चिल्ला कुरा गरेर प्रभावित पार्न थाल्यो । विद्युतीय सम्पर्कले नजिकिन थाले ।

हरिरामका चिप्ला कुरामा अनामिका लडिसकेकी थिइन् । केही समयपछि नतिजा सार्वजनिक भयो । विश्वजीत खुलातर्फ अगाडि नै सिफारिस भए । हरिरामको समावेशी कोटामा नाम निस्कियो अपसोच अनामिका असफल भइन् । अनामिकाले लोक सेवा तयारीमा छलफल गर्ने विश्वजीतलाई बिर्सिसकेकी थिइन् । हरिराम सरकारी जागिरे भएपछि मायाको सामीप्य झन् बढ्दै गयो । निजामती किताब खानामा सिटरोल भर्न जाँदा हरिरामसँगको पहिलो डेटिङ भयो । माया झन् चुलिँदै गयो । अर्को पटक काम विशेषले हरिराम काठमाडौँ आए वसुन्धरास्थित गेस्ट हाउसमा बसेको अनि भेट्ने इच्छा भएको धेरै माया लागेर मायाको चिनो कुर्ता ल्याइदिएको लिन बोलाए ।

भेटमा कुराकानी भयो । अनामिका सुरुमा सिरानीतिर र हरिराम झ्यालतिर बसेकोमा बिस्तारै भौतिक दुरी कम हुँदै गयो अनामिका हरिरामको मायाको पासामा फसेर मायाको अँगालोमा बाँधिई । हरिरामको प्रस्ताव नकार्न नसकी आफ्नो कुमारीत्व सुम्पिई । हरिराम केटीको कुमारीत्व लुट्नुमा आफ्नो बहादुरिता सम्झने केटा थियो ।

अनामिकाको विभिन्न बहानामा हरिराम सिफारिस भएको जिल्लामा गएर भेट्ने क्रम रोकिएन । तन मन साटासाटको क्रम चल्यो । हरिरामसँग घुम्न जाँदा, होटेलमा खाजा खान जाँदा अरूले देखे नाम जोडेर जिस्काए सारै खुसी हुन्थी । अर्को साल अनामिकाको नासुमा नाम निस्कियो । अब दुवैको कार्यालय व्यस्तताले भेट पातलियो । सम्बन्ध धेरै लामो भए केटीलाई छोड्न गाह्रो हुने कुरामा हरिराम चिन्तित भयो र जुन उद्देश्यले बोल्यो सोही पुरा भएपछि छोड्नुको विकल्प देखेन ।

एकचोटी अनामिका राजधानी भएको बेला हरिराम पनि राजधानी आएको थियो । भेट्न अनामिकाले अनेक प्रयास गरीन् । हरिरामले भेट्न मानेन् । व्यस्तताको बहाना बनायो, अनामिका मायामा पागल भइसकेकीले छोड्न मानिनन् । त्यसको एक महिनापछि शारीरिक कामवासनाका लागि सम्बन्ध गाँसेको र सोही पुरा भएकाले आजको एक्काइसौँ शताब्दीमा समेत फरक जातको कारण बिहे गर्न समस्या हुने बहाना देखाउँदै टाढिन प्रयास गर्‍यो । अनामिका झन् नजिक हुन थालिन अनि फेसबुकमा र मोबाइलमा ब्लक गरेर टाढियो । तर पनि अनामिकाले त्यसलाई नै साह्रै माया गरेकी हुन्थी ।

केही समयपछि अनामिकाको अफिसमा हाकिम फेरिन्छन् । प्रेम नाम गरेका अग्लो उचाइ, गहुँगोरो जीउडाल, सर्लक्क कपाल कोरेर हेर्दै हिरो जस्तो देखिने हाकिम देख्दा अनामिकाको मनमा भुकम्प जान्छ । हरिरामसँग मन भुलाउन पनि बोल्न बाध्य हुन्छे । केही समयपछि प्रेमले प्रेम प्रस्ताव गर्छन् । आफ्नै हाकिमले प्रेम प्रस्ताव गर्दा कसको मन प्रफुल्ल हुँदैन र अनामिका मक्ख पर्छे । कुरैमा हरिरामले धोका दिएको भन्छे प्रेमको मन परिवर्तन हुन्छ । प्रेम पनि आफू बाहेकअरू केटीसँग जिस्केको अनामिकाले थाहा पाए पनि बिहेपछि सुधार्छु भनेर कुनै प्रवाह गर्दिन । प्रेमलाई साह्रै माया गर्छे तर अन्त्यमा प्रेमले पनि अर्को केटीसँग बिहे गरेको थाहापाएपछि आँखा देख्दिन धर्ती भाँसिएजस्तो हुन्छ ।

भेरीमा धेरै पानी बगिसकेको हुन्छ । कमलो मनका धनी महिलाको साह्रै इज्जत गर्ने सबैप्रति आदर भाव गर्ने र सबैलाई पढ्ने कुरामा हौसला दिने विश्वजीत भविष्यका खाका कोर्दाकोर्दै पिएचडी गर्ने योजनामा छन् र नासुको परीक्षामा मेहनतले साथ दिए पनि अधिकृतमा अनामिकाको हाकिम प्रेमसँग परीक्षा दिँदा र अर्को पटक झिनो अङ्कले वैकल्पिक पर्दा हतोत्साहित भएका हुन्छन् ।

सँगै तयारी गरेर अधिकृत बन्ने र उसलाई पनि अधिकृत बनाउन खोज्ने केटीको खोजीमा हुन्छन्, पुनः कुराकानी अनामिकासँग हुन्छ । दुवैले पुरानो सम्बन्ध बिर्सिसकेका हुन्छन्, फेसबुक मेमोरीले याद दिलाउँछ । अनामिकाको जागिर र पढाई पत्ता लगाएपछि उसैको बन्धनमा बाँधिने र उसले सोच्दै नसोचेको सुख र पढाइमा सहयोग गरेर सँगै अधिकृत बन्ने योजना हुन्छ ।

यहीँ उद्देश्यले बोल्छन् भने अनामिकाले धेरै पटक ठक्कर खाएकोले मन पग्लिँदैन । अरू केटाले आफूलाई टाइम पास गरेजस्तै त्यो पनि यस्तै होला सोची टाइम पास गर्ने शैलीमा बोल्छे । धेरै निकट हुन थालेपछि त्यसलाई छुटाउन विगतको सबै कथा बताउँछिन् तर उनी रिसाउनुको सट्टामा झनै माया पलाउँछ । हरिरामको नाम सुन्ने बित्तिकै विश्वजीतले सबै कुरा चाल पाइसकेको हुन्छ र बुझिसकेको हुन्छन् । बिचरालाई सोझो देखेर फसाएछ । विश्वजीत रिसाउने र टाढिनुको साटो उनीलाई दु:ख दिनेको सामु झनै उच्च ओहोदामा अनामिका पुगेको देखाउन चाहन्छन् ।

यति माया विश्वजीतले गर्दा पनि एक दिन उनलाई दु:ख दिने हरिरामले पत्रिकामा छापेको कथालाई बधाई भनेर सेयर गर्छिन् र विश्वजीतको मन खिन्न हुन्छ र झगडा पनि पर्छ ।

विश्वजीतलाई भन्छिन् समान पदको केटा मन पर्दैन । विश्वजीत सोच्छन् आखिर हरिराम पनि मेरै पदको थियो जसका लागि ज्यान दिन यो तयार छ । जुन केटाको चरित्र ठिक छैन मलाई यस्तो किन भन्छे पढाई बानी ब्यहोरा सबैमा त्यो भन्दा म अब्बल छु । सायद पारदर्शिताभन्दा झुटो सम्बन्धमा केटीको विश्वास हुँदो रैछ । अर्को दिन पढ्नमा हौसला प्रदान गर्न अधिकृतको किताब गिफ्ट दिन्छन् । किताबको पाना नपल्टाउँदै अर्को अधिकृतसँग मस्किँदै फोटो पठाउँछिन् र भन्छिन् यस्तै किताब लेख्नु म सहयोग गर्छु । यस्तो पढाइमा सपोर्ट गर्दा यो केटीको मन किन परिवर्तन भएन भनेर भाव विह्वल हुन्छन् विश्वजीत ।

यस्तै कुराकानीमा तिमी भन्दा राम्रो केटालाई प्रपोज गर्छु भनेर जिस्काउँछिन् । विश्वजीत ‘यस्तो मन परिवर्तन नगर फेरी हरिराम र प्रेमसँगको जस्तो धोका पाउनुपर्छ मन शान्त गरेर पढ’ भन्छ । सधैँ विश्वजीतलाई हरिरामसँग तुलना गरेर विश्वजीतलाई हेप्छिन्त्यो,  यो काममा अगाडि भनेर तर उनको अनुहारमा हरिरामले कालो पोतिदिएको बिर्सिसकेकी छिन् ।

‘तिमीसँग बोल्नु भनेको फस्नु रहेछ, सधैँ झगडा पर्छ हरिराम र प्रेमसँग कहिल्यै परेन ।’ तर उनले सधैँ विश्वजीतको आन्तरिक क्षमता नबुझेर अरूको प्रशंसा नै झगडाको मूल जड हो भनेर बुझेकी छैनन् । विश्वजीत आफूलाई धिक्कार्छन् ‘मैले खराब नियतले बोल्थे भने पक्कै अनामिका प्रभावित हुन्थिन होला, आखिर मैले सहयोग गरे अनामिकालाई उच्च पदमा पुर्‍याउन सक्छु, म नि उच्च ओहोदामा पुग्न सक्छु, सहयोग गर्नु फसाउनु हो र ?’

यस्तै क्रियाकलापले गर्दा त होला नि श्रीमानले माया गर्दा गर्दै परपुरुषसँग लाग्दा बेचिएको घटना समाचारमा छाएको । अरुबेला व्यस्त भए पनि अनामिकाको अगाडि सधैँ फुर्सदिलो देखिने गर्दछन् र विश्वजीतलाई हावाको संज्ञा दिएकी छन् । उनको मन विश्वजीत प्रति यस्तो व्यवहार गरेकोले झगडा परिरहन्छ । उनले सोच्छिन् यस्तो झगडा पर्नेसँग के सम्बन्ध टिक्ला र ? तर विगतको झुटा प्रलोभनप्रतिको अगाध श्रद्धाले यस्तो भएको हो ।

हरिरामले अनामिकाको चरित्र हत्या गर्दै हिँड्छ यो कुरा विश्वजीतको कानमा पर्छ र सह्य नभै उ सँग झगडा गर्छ । यो कुरा बिस्तारै बुझेपछि अनामिकामा पनि हरिरामप्रतिको घृणा र विश्वजीत प्रति माया पलाउँदै जान्छ । प्रेम सफल पार्ने कुरामा समान तहको सँग बिहे कसरी गर्नु भन्ने सोच्छे उनका साथीले सचिव बन्ने हैसियतको पढाइमा अब्बल छ । यो केटाले सहयोग गरेमा तिम्रो छिट्टै उन्नति हुन्छ । तिमी सम्बन्धमा बसेजतिमा मनको सफा मान्छे यही हो भनेपछि सम्बन्धलाई बिहेमा डराएर रूपान्तरण गर्छिन् । एक अर्काको साथले दुवै १ वर्षभित्र अधिकृत बन्छन् । अगाध मायाले गर्दा विश्वजीतप्रति गरेको पहिलेको घटनाले आज पश्चात्ताप गर्छिन् ।

आज जुन अवस्थामा छु विश्वजीत नभएको भए हुने थिएन । हरिराम पूर्व विश्वजीतसँग सम्बन्ध भइदिएको भए त सोच्दैछिन । यदि म हरिराम वा प्रेमसँग भैदेको भए यति आनन्द हुन्थ्यो त आखिर मान्छे चिनेर मात्र सम्बन्ध गाँस्नुपर्ने रैछ । कसैलाई तत्काल हेरेर हेप्नु हुँदोरहेनछ । पढेर भन्दा परेर सिकिँदो रहेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस