चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
आईसीयूमा उपचाररत गोरखा नगरपालिका-१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ ६ गते अस्पतालमा भर्ना भएका ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।