२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा बाढीका कारण १२० जनाको मृत्यु

अ+ अ-

काबुल । अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भिषण बाढी आएको र सो बाढीमा परी १२० जनाको मृत्यु भएको र अरु १५० जना घाइते भएका यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

ती घटनाहरु देशका कम्तीमा पनि १२ ओटा प्रान्तहरुमा भएको यहाँका विपद् व्यवस्थापन सम्बन्धी राज्यमन्त्री बहुद्दिन जिलानीले जानकारी दिएका हुन् । स्थानीय अधिकारीकाअनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने त्यहाँ १०० जना भन्दा बढी घाइते भएका छन् ।

बढीको क्रम निरन्तर रहेकोले कतिपय प्रान्तका ठाउँमा उद्धारकर्ताले प्रभावकारी रुपमा उद्धारको काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको टोलो न्युजले समाचार सम्प्रेषण गरेको छ ।

विभिन्न क्षेत्रमा खटिएका ती उद्धारकर्ताले हराइरहेकाको शव भेट्टाउन तथा मानिसलाई जिवीतै उद्धार गर्न सकिन्छ की भनेर अहिले पनि प्रयास जारी राखेको जनाएका छन् ।

उनीहरुले हराएका व्यक्तिहरुको खोजी कार्य जारी राखेका तर पनि अहिले पनि वर्षा नरोकिएकोले उद्धारको काम गाह्रो भइरहेको बताएका छन् । पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका उद्धारमा खटिएका व्यक्तिहरुले जनाएका छन् । स्थानीय समयअनुसार बुधबार दिउँसो झण्डै ३ बजेतिरबाट विनाशकारी बाढी आएको थियो ।

त्यसैगरी कापिसा प्रान्तको कोभान्ड जिल्लामा बाढीका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ भने अरु दश जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस