के तपाईँलाई थाहा छ ? « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

के तपाईँलाई थाहा छ ?


११ भाद्र २०७७, बिहिबार


१. जैतुन खेतीका लागि सबैभन्दा धेरै सम्भावना भएको जिल्ला बाजुरा हो ।
२.  व्यक्तिअनुसार मसीको रङ फेरेर चिठी लेख्ने व्यक्ती हिटलर हुन ।
३. फत्तेबहादुर भनेर बहादुर शाहलाई चिनिन्छ ।
४. बहादुर शाहको पालामा नेपालको क्षेत्रफल तेब्बर भएको थियो ।
५. जयप्रकाश मल्लका अवतार भनेर राजा रण बहादुर शाहलाइ चिनिन्छ ।
६. रण बहादुर शाहको पालामा नेपालको राजधानी काठमाडौँबाट नुवाकोटमा सारिएको थियो ।
७. नेपालको इतिहासमा राजाले घटाएको पर्व भनेर अलौ पर्वलाई चिनिन्छ ।
८. नेवारी भाषाको प्रथम कवि कवीन्द्र प्रताप मल्ल हुन ।
९. देशको सम्पूर्ण जग्गाको नाप भीमसेन थापाले गराएका थिए ।
१०. नेपालको सबैभन्दा ठुलो काठको ढोका रानी महल पाल्पामा रहेको छ ।
११. नेपालमा पहिलो पटक दूरबिन प्रयोग गर्ने व्यक्ती प्रताप मल्ल हुन ।
१२. नेपालमा सर्वप्रथम चस्मा लगाउने व्यक्ती सुरेन्द्र विक्रम शाह हुन ।
१३. नेपालमा सबैभन्दा पहिले कोट लगाउने व्यक्ती जङ्ग बहादुर राणा हुन ।
१४. संसारको सबैभन्दाधेरै बाघको सिकार गर्ने व्यक्तिको रूपमा जङ्ग बहादुर राणालाई चिनिन्छ ।
१५. नेपालमा फिल्म निर्माणको लागि अभिप्राय दिने राजा श्री ५ महेन्द्र हुन ।
१६. नेपालको रानी महल पाश्चात्य शैलीमा बनेको छ ।
१७. नेपालमा सर्वप्रथम बत्ती बलेको दरबार सिंहदरबार हो ।
१८. वि स १९६२ मा सिंहदरबारलाई एसियाकै ठुलो तथा सुबिधासम्पन्न दरबार भनी घोषणा गरिएको थियो ।
१९. नेपालको नक्सा निर्माण गराउने व्यक्ती चन्द्र शमशेर हुन ।
२०. पाञ्चाली प्रथाको सुरुवात राजा अंशुवर्माले गरेका थिए ।
२१. नेपालको दोस्रो पुरानो अस्पताल कोसी अञ्चल अस्पताल हो ।
२२. काङ्ग्रेसको अन्तिम सशस्त्र क्रान्ति भनेर टिम्बुरबोटे काण्डलाई (२०३१) बुझिन्छ ।
२३. एकिकरणपुर्व सबैभन्दा बलियो चौबिसे राज्य पाल्पा राज्य थियो ।
२४. नेपालमा राजर्षि हुने पहिलो राजा सिद्धिनरसिंह मल्ल हुन ।
२५. दुर्गा शक्तीपिठ भएर पनि बली नचढाइने नेपालको एक मात्र मन्दिर कङ्कालीमाइ बारा हो ।
२६. मुद्रामा रानीको नाम लेख्ने प्रथम प्रताप मल्ल हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस