२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमिकको समस्या समाधानमा सरकार लाग्नुपर्छ : नेता कोइराला

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले श्रमिकको समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन् ।

नेपाल यातायात मजदूर संघले आज यहाँ आयोजना गरेको ‘कोभिड-१९ ले नेपालको यातायात श्रमिकमा पारेको प्रभाव विषयक भर्चुअल अन्तक्रियामा उनले कोभिड–१९ का कारण समस्यामा परेका श्रमिकको समस्या सरकारले पुरा गर्नुपर्ने बताएका हुन् । नेता डा. कोइरालाले कोरोनाको कारण अरु क्षेत्रभन्दा यातायात मजदूर क्षेत्रमा ठूलो समस्या परेको बताए ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले कोरोनाको सबैभन्दा ठूलो असर दैनिक श्रम गरेर खाने मजदूर वर्गमा परेको भन्दै श्रमिकको समस्याका लागि नेपाल ट्रेड युनियन काँग्रेस निरन्तर लाग्ने बताए । अल इण्डिया रेल्वेमेन फेडेरेशनका महासचिव शिवगोपाल मिश्रले नेपालका यातायात श्रमिकको समस्या समाधानका लागि भारतीय श्रमिक क्षेत्रको साथ र सहयोग रहने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले कोभिड–१९ का कारण ११ लाख यातायात मजदूरले रोजगारी गुमाउनुपरेको बताए ।

सङ्घका अध्यक्ष धर्मराज भण्डारी, नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश ७ का अध्यक्ष केशवराज पन्त सरकारले मजदूलाई वेवास्था गरेको बताएका थिए । भारतीय ट्रेड युनियनका नेता सङ्गम त्रिपाठी र भारतीय ट्रेड युनियन काँग्रेसका राष्ट्रिय सचिव महेन्द्र गारतले कोभिड–१९ ले विश्वको यातायात क्षेत्र नै ध्वस्त भएको भन्दै यसको पुर्नजीवनका लागि हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सङ्घका पूर्व अध्यक्ष एवम् नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राईले सरकारले यातायात श्रमिकलाई निःशुल्क बीमा, उपचार र स्वास्थ्य सामाग्रीको व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस