२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखाले प्रत्येक वडाका १०० व्यक्तिको पिसीआर परिक्षण गर्ने

अ+ अ-

काठमाडौं । टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिलाई पिसिआर परीक्षण गर्ने भएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्र भागमा खटिएर काम गर्ने प्रत्येक वडाका १०० व्यक्तिको पिसीआर परिक्षण गर्न लागेको हो ।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बढी भीडभाड हुने खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसल, माछामासु, फोहोरमैला सङ्कलनमा संलग्न व्यक्ति र कोभिड–१९ को लक्षण देखिएका व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको जानकारी दिए । परीक्षणका लागि प्रत्येक वडामा विवरण सङ्कलन गर्न आग्रह समेत गरिएको छ । टोखा नगरपालिकाभित्र ११ वडा रहेका छन् ।

टोखाले हालसम्म एक हजार ४४७ जनाको पिसीआर परीक्षण गरिसकेको छ जसमध्ये १२० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । रिपोर्ट पोजेटिभ देखिएकामध्ये ५० जना निको भएर घर फर्किसकेका छन् । यस्तै दुई जना सम्पर्कविहिन छन् भने दुईजनाको मृत्यु भइसकेको र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताए ।

यही भदौ ७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अगाडि ८३ जनाको पिसीआर परिक्षण गरेकोमा ५५ जनाको नेगेटिभ, नौजनाको पोजेटिभ रिपोर्ट आएको थियो । उक्त रिपोर्टसँगै सङ्क्रमितको सङ्ख्या १२० पुगेको हो । उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले उपत्यकाभित्रका स्थानीय तहमा कन्ट्याक ट्रेसिङ र पिसीआर परिक्षणलाई तीव्रता दिने निर्णय गरेअनुसार टोखामा पनि सो परीक्षणलाई तीव्रता दिन लागिएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

काठमाडौँ उपत्यकाभित्र १८ स्थानीय तह रहेका छन् ।उपत्यका नगरपालिका फोरमको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा दुई हजार ७४६ सङ्क्रमित छन् । उक्त फोरमले भदौ १५ सम्म उपत्यकामा १५ हजारभन्दा बढीको पिसिआर परीक्षण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस