बुटवलको कोरोना अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार शुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुटवलको कोरोना अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार शुरु


८ भाद्र २०७७, सोमबार


रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ ।

कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहेकी रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो ।

पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी शुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । कोरोनाको औषधि तथा खोप पत्ता नलागिसकेको अवस्थामा सङ्क्रमितको स्वास्थ्यावस्थामा सुधार ल्याउन प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको थापाले बताए ।

उनका अनुसार अहिले कोरोना अस्पतालको सघन उपचार कक्षमा १७ जना सङ्क्रमितको उपचार भइरहेको छ । ती मध्ये दुईजनाको अन्य स्वास्थ्य समस्या भएकाले भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस