१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीमा अझै ५ दिन निषेधाज्ञा

अ+ अ-

पोखरा । कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा यही भदौ १२ गते मध्यरातसम्म थप्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाले निषेधाज्ञा थप गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

पोखरा महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो । कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै यही भदौ २ गते बसेको जिल्ला सिसिएमसीको बैठकले यही ७ गते मध्यरातसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । सोको समयावधी आज राति सकिँदै छ ।

ढकालका अनुसार आज राति १२ बजेदेखि भदौ ७ गतेसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी भएपछि खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् । प्रहरीले सर्वसाधारणलाई हिँडाइमा कडाइ गरेको छ । बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिने निर्णय भएको भएको छ ।

पोखरामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २६४ पुगेको छ । सङ्क्रमितमध्ये १५१ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशभर सात जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस