२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान बालीमा गृहमन्त्रीको सभा !

अ+ अ-

काठमाडौँ । धान बालीमा गृहमन्त्रीले सभा गरेको फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । गत मङ्गलवार अछामको कैलाश खोलामा आएको बाढीले गरेको विनाश अवलोकन गर्न शुक्रवार गृहमन्त्री रामबहादुर थापा बादल दलबलसहित अछाम पुगेका थिए ।

निरीक्षण र राहतका लागि भन्दै अछाम पुगेको उनको हेलिकप्टर खेतमा ल्यान्ड भएको थियो भने त्यही खेतमा टेबल तथा कुर्सी राखेर कार्यक्रमसमेत गरेका थिए ।

२५ कट्टा चामल, १० कट्टा दाल, नुन तेल लगायतका केही लत्ताकपडा बोकेर काठमाडौँबाट अछाम पुगेको टोलीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, नेकपा सांसद भीम रावल, शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत रहेका थिए । सभामा त्यतिकै सङ्ख्या उपस्थित सुरक्षाकर्मी, कर्मचारी र स्थानीयले बचेखुचेको धान पनि कुल्चिदिएपछि जिल्लावासीले समेत त्यति राम्रो मानेका छैनन् ।

मङ्गलवार आएको बाढीले रामा रोशन–५ सैन बजार बगाउँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन् ।

बाढीबाट बचेको धानमाथि हेलिकप्टर उतारेर कार्यक्रम गरेको भन्दै सामाजिक सञ्जालमा गृहमन्त्री थापाको चर्को आलोचना भइरहेको छ ।