२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्‍वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख ३ हजार ३ सय ९७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या २ करोड ३१ लाख ३० हजारभन्दा बढी पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये १ करोड ४८ लाखभन्दा बढी निको भएका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा आइतबार बिहानसम्म ५६ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा १ लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब १९ लाख ८५ हजार रहेको छ ।

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब ३५ लाख ८२ हजार संक्रमित भएका छन् भने १ लाख १४ हजारभन्दा बढी मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब २९ लाख निको भएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ७५ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ हजार ७ सय ९४ पुगेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब २२ लाख २२ हजार निको भएका छन् ।

चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ९ लाख ४९ रहेको छ । रुसमा कोरोना संक्रमणबाट १६ हजार २ सय ६८ जनाको मृत्यु भएको छ । रुसमा करिब ७ लाख ६५ हजार संक्रमित निको भएका छन् ।

शनिबार साँझसम्म नेपालमा कोरोना संक्रमणबाट १४६ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ३१ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ भने १८ हजार ३ सय ५० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस