३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना कहरमा रोई रहेको काठमाडौँ !

अ+ अ-

रातभर खुलमखुला रहने काठमाडौँका पसल, सङ्गीतको मनोरम वातावरण, मान्छेको ठेलमठेल, दिन कि रात छुट्याउन नसकिने लाइटको झिलिमिली उज्यालो ठमेल बजार, न्यूरोड असन क्षेत्रको दिउँसोको व्यापारले हुने भिडभाड, बिहानीको मिर्मिरेमै कलङ्की हुँदै देशका विभिन्न ठाउँबाट राजधानी भित्रनेको ताँती, आफ्नो गन्तव्यमा पुग्न झोला समातेर दौडिरहेका मानिसको हुल देख्दा लाग्थ्यो कति व्यस्त छ यो सहर ? बसपार्कबाट लोक दोहोरी बजाउँदै गन्तव्यमा हिँडिरहेका गाडीहरूको लावा लस्कर साथमा बसपार्क पसल वरपर पुष्टकारी किन्नेको भिड देख्दा साँच्चै नै मज्जा लाग्थ्यो । एकै छिन बसेर मानिसहरूको गतिविधि हेरौहेरौ लाग्थ्यो । कमिला जस्तै स्लो मोसनमा ट्राफिकको इसारामा चुपचाप गुडिरहेका गाडीको दृश्य साँच्चीकै मनमोहक लाग्थ्यो । तर आजकाल काठमाडौँ फेरिएको छ। राजधानी यतिखेर पीडामा छ ।

सिंहदरबारको वरपर सेतो सट र निलो पाइन्टमा लर्को लागेर हिँड्ने कर्मचारीको सङ्ख्या छिट फुट मात्रामा देखिन्छ । जीवनको उच्च शिक्षा सकेर जागिरको तयारीको लागि पुतलीसडकका ट्युसन सेन्टर धाउने युवा विद्यार्थी साथीहरूको हुलका हुल भिड अचेल कहाँ देख्न पाइयोस् र ? रोजगारीको कुनै पनि अवसर नदेखेपछि खाडीका देशमा पसिनासँग पैसा साट्न जान रातो टिका र खादामा मलिन अनुहार बनाएर आफन्तलाई बिदाइ गर्नै लागेका मलिन अनुहार पनि देखिँदैनन् अचेल । किनकि आजकाल राजधानी साँच्चीकै पीडामा छ । विश्वभर यतिखेर कोभिड १९ को महामारी छ । यसबाट काठमाडौँ पनि रोइरहेको ६ । सरकार कोभिड १९ को रोकथामको लागि विभिन्न मापदण्ड बनाएर लागु गरेको छ । पसल व्यवसाय न्यून मात्रामा चलेका छन् । गाडी जोर बिजोर मा चलेका छन् तैपनि १/२ जना यात्रुको भरमा चलेका छन् ।

सबै प्रकारका शैक्षिक संस्था पूर्ण रूपमा बन्द छन् । लामो दुरीका गाडी नचलेको करिब ५ महिना भयो । राजमार्गका हिटर मा झार उम्रिन थालेको छ । एयर पोर्टका प्लेनहरूमा खिया लाग्ने बेला भएको छ । कोही कसैलाई पनि चाडपर्वले छुन सकेको छैन । उसो त यो समय भनेको चाडपर्वको समय हो । हरितालिका तीज हाम्रो घरआगनमा छ तर कसैलाई पनि यसको पत्तोसम्म छैन । साउनभर भिडभाड रहने पशुपतिमा नागरिक प्रवेशमा रोक लगाइएको छ । न्युरोड क्षेत्रमा हातमा लाम्लो लिएर जीवन गुजारा गर्न बसेका मजदुर दाजुभाइ कामविहीन भएर पीडामा रहेको दृश्यले सबैको मन छुन्छ ।

प्रत्येक दिनका समाचार हेर्दा, काठमाडौँको यस्तो अवस्था देख्दा लाग्छ काठमाडौँ साँच्चिकै रोइरहेको छ । जब यस खाल्डोमा कोरोनाको सङ्क्रमणले गति लिन थाल्यो तब तब यहाँका अस्पताल भरिभराउ भएका छन् आइसियु पाउन छाडिएको छ । भेन्टिलेटर पाउने अवस्था छैन । दीर्घ रोगी र वृद्ध वृद्धा सबैभन्दा बढी चपेटामा छन्  । दिनहुँ जसो सङ्क्रमणको जोखिम राजधानी बासीमा छ । नहिँडौँ हिँड्नुपर्ने बाध्यता छ, तरकारी किनेर खानै पर्ने छ, दैनिक हातमुख जोर्नको लागि पैसाको जोहो गर्न काम गर्न जानै पर्ने छ ।

भोको पेटले रोग नचिन्दो रैछ । जे भएनी जसो भए पनि दैनिकी चलाउनु नै पर्ने रहेछ । यो महामारीसँग जुधेर बाँच्नु कसरी ? राजधानी बासी आकुल व्याकुल छन् । यसबाहेक दैनिक जसो यो क्षेत्र सिल, त्यो क्षेत्र सिल भन्दै साइरन बजाउँदै एम्बुलेन्स सहित आउने सुरक्षा कर्मीको लर्को देख्दा नागरिकमा झनझन डर पैदा भएको छ । के हुने हो ? कसो हुगे हो ? बाँचिने हो की मरिने हो,  म सङ्क्रमित भए भने यो समाजले मलाई स्विकार्ने हो की होइन ? साथी भाइले मसँग सङ्गत गर्न छाड्ने पो हुन कि । जेनतेन दुखले पाएको सानो कोठामा पनि घरबेटीले बस्न देलान् कि नदेलान् ? यी र यस्ता पीर मर्का काठमाडौँ बासीमा छन् ।

अवस्था जे जस्तो भएनी हामी अब कोरोनासँगै बाँच्न सक्नु पर्ने छ । कोभिड १९ लाई सामना गर्नै पर्ने छ । सिकार हुन नै परे नि आत्मविश्वास बढाएर बाँच्न सक्नुपर्छ । शरीरको प्रतिरक्षा प्रणाली लाई मजबुत बनाउनुपर्छ किनकि यसको न कुनै औषधी छ, नत कुनै उपचार । मिडियाहरूले नागरिकमा डर पैदा गर्ने सामाग्री रोक्नुपर्दछ । नागरिक आफैमा सचेत हुनु जरुरी छ ।

अनावश्यक अर्काको घरमा आवतजावत गर्न छोड्नुपर्दछ । ज्यान रहे चाडपर्व अर्को साल पनि अवश्य आउँछन् त्यसैले चाडपर्व घरमा नै मनाउनुपर्छ । अर्कोतर्फ सरकारको कार्यकारीको हैसियतले प्रधानमन्त्री ज्यु ले कम्तीमा हप्ताको १ पटक नागरिकलाई सम्बोधन गरेर तपाईँहरू नआत्तीनुस तपाईँहरूको साथमा सरकार छ, सरकार तपाईँहरूलाई बचाउन कुनै कसर बाँकी राख्ने छैन भनेर नागरिकलाई सरकार भएको अनुभूति दिलाउन सक्नुपर्दछ । नत्र मुलुकको राजधानी बासी त कोरोनाको पीडाबाट यति आकुल व्याकुल छन् भने हाम्रा ती दूर दराजका नागरिकमा कति पीडा होला ?

प्रतिक्रिया दिनुहोस