२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आयोगको नेतृत्व, सबैको दायित्व’ भन्ने अवधारणा अघि बढाउँछौँ : निर्वाचन आयोग

अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तथा नागरिक शिक्षा जनशक्तिको क्षमता विकासका लागि तयार भएका श्रोत सामग्रीको अधिकतम उपयोग गरी स्थानीय सरकार र सबै साझेदार संस्थासँग सहकार्य गर्ने नीति अघि सारेको छ ।

आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रमको समीक्षामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सबै चरणमा निर्वाचन सरोकारवालाको महत्वपूर्ण संलग्नताका लागि सहकार्य आवश्यक रहेको बताए ।

कोभिड-१९ को विश्वव्यापी महामारीका कारण ‘भर्चुल’ माध्यमबाट आयोजना गरिएको समीक्षामा आयोग पदाधिकारी, कर्मचारीका साथै ७७ जिल्ला निर्वाचन अधिकारी र विकास साझेदार संस्थाका प्रतिनिधि सहभागी थिए । पाँच दिने उक्त समीक्षाबाट निर्वाचनमा ‘आयोगको नेतृत्व, सबैको दायित्व’ भन्ने अवधारणाका साथ अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

समीक्षामा गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित वार्षिक कार्यक्र र क्रियाकलापको कार्यान्वयनको अवस्था, वार्षिक बजेट तथा खर्चको विवरण, कार्यक्रम कार्यान्वयनमा देखिएका मुख्य समस्या, समाधानका लागि गरिएका प्रयास, आयोगको सचिवालयसँग गरिएको अपेक्षालगायत विषयमा गहन छलफल भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका लागि कार्यालय भवन प्राप्त गर्ने, मतदान केन्द्र निर्धारण मापदण्ड तर्जुमा र कार्यान्वयन, आयोगको स्मारिका प्रकाशनलगायत विषय पनि बृहत्तर छलफल भएको थियो । जिल्ला निर्वाचन कार्यालयको कार्य सम्पादनस्तर सन्तोषजनक रहेको समीक्षाबाट निचोड निकालिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस