बाढीले जाजरकोटमा वडा कार्यालय भवन बगायो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाढीले जाजरकोटमा वडा कार्यालय भवन बगायो


३ भाद्र २०७७, बुधबार


सुर्खैत । जाजरकोटमा बाढीले वडा कार्यालय भवन बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले शिवालय गाउँपालिका–६ को वडा कार्यालय भवन बगाएको हो ।

जाँत खोलामा आएको बाढीले वडा कार्यालय भवनका साथै नजिकै रहेको ट्रस पुल पनि बगाएको प्रहरीले जनाएको छ ।

सोही ठाउँका १५० घर पहिरोको जोखिममा छन् । लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा र पाल्तका घरहरु पहिरोको जोखिममा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस