राष्ट्रकवि घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रकवि घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि


प्रशासन संवाददाता

३ भाद्र २०७७, बुधबार


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्‍टि गरिएको छ ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएका घिमिरेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्‍टि गरिएको हो ।

उनको १ सय १ वर्षको उमेरमा आफ्नै निवास लैनचौरमा निधन भएको थियो ।

उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैत–वैशाख काव्यसङ्ग्रह चर्चित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस