काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन र उपचारलाई सहज बनाउन काठमाडौं उपत्यकासहित अन्य ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गर्दै नेता थापाले सोमबार पत्र पठाएर प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।
‘संक्रमणको फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई साताको लागि काठमाडौंलगायत संक्रमण बढ्दो गतिमा भएका हटस्पटहरूमा जनस्वास्थ्य आपतकाल घोषणा गर्नुहोस्,’ थापाले भनेका छन् ।
उनले तोकिएका सीमानाका व्यवस्थित गरी अन्य सीमानाका बन्द गर्न पनि माग गरेका छन् ।
यस्ता छन् थापाका सुझाव