२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाका कारण कैलालीमा तीज तथा गौरा मनाउन नपाइने

अ+ अ-

टीकापुर । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कैलालीमा सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह गरिएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले सामूहिकरूपमा गौरा तथा तीज मनाउँदा सङ्क्रमण फैलिने जोखिम रहेकाले कैलालीका नागरिकलाई घरभित्रै चाडपर्व मनाउन आग्रह गरेको छ ।

‘जनस्वास्थ्यका मापदण्ड पूरा गरी घरभित्रै चाडपर्व तथा मनाउन कैलालीका बासिन्दालाई आग्रह गर्छु’, प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘कैलालीका सबै स्थानीय तहले नागरिकस्तरमा भीडभाड नगर्न, भेला नगर्न निर्देशन गरेर सङ्क्रमण फैलनबाट जोगिनुपर्छ ।’

बैठकले मन्त्रिपरिषद्को बैठकले गरेको होटल तथा रेष्टुराँबाट तयार गरिएका खाद्य परिकार लैजाने (टेकअवे) सेवा मात्र सञ्चालन गर्ने निर्णय कार्यान्वयन भए/नभएको अनुगमन गर्ने निर्णय गरेको छ । निर्णय उल्लङ्घन गरिएको पाइएमा सङ्क्रमण रोग ऐन–२०२० अनुसार कडा कारवाही गरिने बोहराले जानकारी दिएका छन्।

बैठकले भारतबाट नेपाल फर्कने नेपालीलाई १० दिनसम्म कैलालीमा होल्डिङ सेन्टरमा राख्ने स्थान छनोटका लागि जिल्लास्तरीय अनुगमन समितिलाई पाँच दिनको समयावधि दिएको छ । भारतबाट आउने नागरिकलाई सिधै घर पठाउँदा सङ्क्रमणको जोखिम भएपछि होल्डिङ सेन्टर बनाउने तयारी थालिएको हो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले तीज नमनाउन आग्रह गरेपछि कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिकाले नागरिकलाई तीज पर्वमा भीडभाड गर्ने कार्य नगर्न आग्रह गरेका छन् । लम्कीचुहामा बसेको सर्वदलीय बैठकले यस वर्षको तीज नमनाउन अपिल गरेको छ ।

‘कोरोनाको जोखिमका बेला तीजमा नाचगान गर्दा सामाजिक दूरी कायम नहुने भएकाले तीजमा कार्यक्रम गर्न रोक लगाइएको हो’, नगरप्रमुख महादेव बजगाईँले भने, ‘यस वर्ष महिला दिदीबहिनी पनि नमनाउने निर्णयमा सहमत छन्, बाँच्नु सबैलाई छ ।’

टीकापुरमा इलाका प्रहरी कार्यालय टीकापुरले तीजको समयमा बजारमा भीडभाड नगर्नसमेत आग्रह गरेको छ । प्रहरीले पसलमा सामान बेच्दासमेत दूरी कायम गर्न व्यापारीलाई आग्रह गरिरहेको छ । ‘तीजका समयमा गरिने सबै कार्यक्रम रोक्ने भएका छौँ’, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेले भने, ‘बजारमा बढी चहलपहल नगर्न, दूरी कायम गरी व्यापार गर्नसमेत आग्रह गरिरहेका छौँ ।’ सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस