बैतडीमा खाल्डोमा डुबेर २ बालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा खाल्डोमा डुबेर २ बालकको मृत्यु


१ भाद्र २०७७, सोमबार


डडेल्धुरा । खाल्डोमा डुबेर बैतडीमा २ बालकको मृत्यु भएको छ। जिल्लाको देहीमाण्डौं–गिरेगडा सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका– २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ वर्षी अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

खाल्डोमा वर्षातको पानी जम्म भएको र खेल्ने क्रममा सोमबार दिउँसो साढे ४ बजे तिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको उनले बताए। खेल्नका लागि
सडकमा जम्मा भएका ५/६ जना मध्ये एकजना पहिला खाल्डोमा गएको र उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस