३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुग्यो

अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। कुल संक्रमितको संख्या २५ हजार ५५१ पुग्दा मृतकको संख्या १०० पुगेको हो। मृत्यु हुनेमध्ये ७८ पुरुष र २२ महिला छन्। अहिलेसम्म १७ हजार ७७ जनाले कोरोना जितेका छन्।

मृतकमध्ये एक जनाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक जानकारी गराएको छैन। शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा विराटनगरमा दुई, पर्सामा दुई र धनुषाका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। धनुषाकी ८५ वर्षीया महिलाको साउन २९ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाले मृत्यु भएको हो। उनी ज्वरो र रुघाले च्यापेपछि उपचारका लागि अस्पताल पुगेकी थिइन्।

त्यसैगरी पछिल्लो २४ घण्टामा विराटनगरमा दुई जनाको मृत्यु भएको छ। शुक्रबार सिहरा विष्णुपुर गाउँपालिकाका ४० वर्षीया पुरुष र विराटनगर १५ का ३० वर्षीया पुरुषको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सिरहाका पुरुष निमोनिया भएर अस्पताल पुगेका थिए। त्यसैगरी विराटनगरका ३० वर्षीया पुरुष ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका थिए।

सँगै पर्साका ५० वर्षीय पुरुषको शुक्रबार कोरोनाले निधन भएको छ। जितपुर सिमरा उपमहानगरपालिका(४ सिमरा टोल बस्ने पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। मधुमेह र उच्च रक्तचापका रोगी उनको नारायणी अस्पतालमा शुक्रबार मृत्यु भएको हो।

त्यसैगरी पर्साकै प्रसौनी गाउँपालिका-२ का ६५ वर्षीय पुरुषको नारायणी अस्पतालमा शुक्रबार मृत्यु भएको छ। उनको समेत मृत्युपछि कोरोना पुष्टि भएको हो।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९४ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा अहिले सात हजार ९१३ संक्रिय संक्रमित रहेका छन्। अहिले क्वारेन्टाइनमा १४ हजार ६३८ रहेका छन्। पछिल्लो २४ घण्टामा २४० डिस्चार्ज भएका छन्। योसँगै नेपालमा १७ हजार ७७ जनाले कोरोना जितेको छन्।

प्रतिक्रिया दिनुहोस