काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक दीलीप कार्कीलाई नियन्त्रणमा लिएको छ।
प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा रकम हिनामिना गरेको सम्बन्धमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको हो।
उनले पम्पमा कार्यरत हुँदा आर्थिक वर्ष २०७४/०७५ र२०७५/०७६ मा १ करोड ८ लाख ९९ हजार १ सय ८४ रुपैयाँ हिनामिना गरेको आरोप छ। त्यही सम्बन्धी अनुसन्धान गर्न अख्तियारले नियन्त्रणमा लिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
अख्तियारले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।