लम्कीमा चटयाङ लागेर बालिकाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लम्कीमा चटयाङ लागेर बालिकाको मृत्यु


प्रशासन संवाददाता

२९ श्रावण २०७७, बिहिबार


टिकापुर । कैलाली लम्कीचुहा नगरपालिका-१ मा चट्याङ लागेर १३ बर्षीय बालिकाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा बाख्रा चराउन गएका बेला लम्कीचुहास्थित साङ्गा चोक नजीकै चट्याङ पर्दा बालिका अञ्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पताल ल्याइएको छ । चट्याङ लागेर उनीसँगै रहेकी लम्कीचुहाकै १४ वर्षीया भावना शर्मा भने घाइते भएकी छन् ।

हात र खुट्टामा गम्भीर चोट लागेकी घाइते बालिकाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस