रुकुम चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रुकुम चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय


प्रशासन संवाददाता

२७ श्रावण २०७७, मंगलबार


काठमाडौं । सरकारले रुकुम पश्चिम चौरजहारीमा गत जेठ १० गते भएको घटनाका मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए ।

अन्तरजातिय विवाहको विषयलाई लिएर भएको घटनामा भेरी नगरपालिका-९ जाजरकोटका नवराज वि।क।, गणेश बुढामगर, लोकेन्द्र सुनार, संजिव वि.क., गोविन्द शाही, जाजरकोट इन्द्रबहादुर शाही, टिकाराम सुनारको ज्यान गएको थियो ।

उनीहरुको परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको हो । यस्तै १२ जना घाइतेहरुको उपचार खर्चको बिलअनुसारको रकम उपलब्ध गराउने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस