भक्तपुरको केमिकल कारखानामा आगलागी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भक्तपुरको केमिकल कारखानामा आगलागी


प्रशासन संवाददाता

२७ श्रावण २०७७, मंगलबार


काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा रहेको निकोसेरामा एक केमिकल कारखानामा आगलागी भएको छ । युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी भएको हो ।

भक्तपुर प्रहरीका डीएसपी दीपक गिरीका अनुसार अहिले आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल परिचालन गरिएको छ ।

आगलागीबाट कारखानाको टहरा पूर्णरुपमा क्षति भएको छ । जुद्ध बारुद यन्त्र भक्तपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस