२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय सञ्चार तथा सूचना प्रविधि : समकालीन सन्दर्भ समिक्षा !

अ+ अ-

बुझाउन खोज्नेले राम्ररी बुझाउन सक्नु र बुझ्नुपर्नेले सही बुझ्नुमा सूचनाको धारणा अडेको हुन्छ। सञ्चार सूचना सम्प्रेषणको माध्यम भएकोले मानिसले लेख्न जानेपछि अभिव्यक्त गर्ने र सूचना पाउने क्षेत्रमा ठुलो फड्को मारेको थियो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सूचना तथा ज्ञान पुर्‍याउने प्रक्रिया भएकोले सूचनाको सही सञ्चार हुनु जरुरी छ। वर्तमान समयलाई सबैले भन्ने अनि चिन्ने गरेको ‘सञ्चार तथा सूचना प्रविधिको युग’ को महत्त्व यहीँ प्रभावकारी सञ्चारजालमा अडेको हुन्छ।

सञ्चार तथा सूचना प्रविधि यसमा पनि विद्युतीय सञ्चार तथा सूचना प्रविधि वर्तमान समयमा हाम्रा लागि अब नौलो विषय रहेन। किनकि यो हाम्रो दैनिक जीवनको एक हिस्सा बनिसकेको छ। अझ अहिलेसम्मकै ठुलो भनिएको सन् १९३० को विश्वव्यापी आर्थिक महामन्दी (ग्रेट डिप्रेसन)लाई समेत बिर्साउने सङ्केत गरेको सन् २०१९ बाट नै चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को विश्वव्यापी महामारीको अवस्था अर्थात् सामाजिक वा व्यक्तिगत दुरी कायम गर्नुपर्ने यस समयमा त विद्युतीय सञ्चार तथा सूचना प्रविधि धेरैले चासो बढाएको र बढी भन्दा बढी प्रयोगमा ल्याएको अवस्था छ। यस समयमा निकै लाभदायी समेत साबित भएको छ। हामीहरूले दिनहुँ प्रयोगमा ल्याइरहने मोबाईल, ट्याब, ल्यापटप, कम्प्युटर लगायतका साधनहरूका माध्यमबाट फेसबुक, ईमेल, ईन्टरनेट आदिको प्रयोगलाई समग्रमा सञ्चार तथा सूचना प्रविधिको प्रयोगको रूपमा लिइन्छ। अझ व्यङ्ग्यात्मक रूपमा वर्तमान विश्व मानव समुदायलाई एक नयाँ युग अर्थात् एक नयाँ नाम ‘घोप्टेयुग’ को संज्ञा दिँदा फरक नपर्ला किनकि, प्रायः सबै मानिसहरू आ–आफ्नै सञ्चार साधनहरूमा (खासगरि मोबाईलमै घोप्टिएका) व्यस्त अर्थात् त्यसमै झुण्डिएका, घोप्टिएका भेट्टिन्छन्।

विद्युतीय सञ्चार तथा सूचना प्रविधिले आगतहरूलाई निर्गतमा रूपान्तरण गर्ने अर्थात् ईफेक्टरहरुलाई आफ्नो मेमोरीमा राखी मूल्य प्रदान गर्दै प्रापक वा रिसेप्टरसम्म पुर्‍याउन सहज भूमिका निर्वाह गर्ने भएकोले यसलाई एक प्रकारको प्रणालीको रूपमा समेत लिने गरिन्छ। यस प्रणालीको प्रयोगबाट सरोकारवालाहरू बिच विद्युतीय रूपमा अन्तरक्रिया गर्न सम्भव, सहज एवं सार्वजनिक सेवालाई समेत आधुनिकीकरण गर्न तथा नागरिक र सरकारबीचको सम्बन्ध तथा सम्पर्कलाई फराकिलो बनाउन सकिन्छ । त्यसैले आजकल यस प्रविधिको प्रयोगबाट सञ्चालित शासनलाई विद्युतीय शासन र विद्युतीय शासनलाई वैकल्पिक सरकार, स्मार्ट सरकारका लगायतका विभिन्न नामले समेत सम्बोधन गर्ने गरिन्छ। वर्तमान विश्व सञ्चार तथा सूचना प्रविधिको सूत्रले निर्देशित, नियन्त्रित र चलायमान रहेको अवस्थामा कुनै पनि राज्यले सञ्चालन, सम्पादन र व्यवस्थापन गर्ने हरेक कार्यमा आधुनिक शैलीको प्रयोग हुँदै गइरहेको अवस्था छ। जुन किसमको गतिमा यसको माग भई प्रयोग भइरहेको छ सोही गतिमा यसको विकास हुँदै गइरहेको अवस्था समेत रहेको छ। अर्थात्, राज्यले बढी भन्दा बढी सञ्चार तथा सूचना प्रविधि प्रयोग गरी सेवा प्रवाहलाई छिटो, छरितो, गुणस्तरीय र उपलब्धिमूलक बनाउनुका साथै कागजविहीन कार्यालयको अवधारणा अनुरूप शासन सञ्चालन गर्दै आएको पाइन्छ।

वर्तमान समयमा अधिकांश सेवा प्रदायक निकायहरूका आ–आफ्नै वेबसाइटहरू रहेका छन् । प्रायः जसो ती सबै सामाजिक सञ्जालहरूमा समेत जोडिएका छन्।

हामीले कुनै पनि सेवा प्राप्त गर्न सम्बन्धित निकायमा गएर निकै समय कुर्नुपर्ने अवस्थाको समाधान यसले गरेको छ। अर्थात्, हामी सेवा लिनुभन्दा अगाडी कुन सेवा कहाँ लिने ?, सशुल्क लिने वा निःशुल्क लिने ?, के कस्तो प्रक्रिया पुरा गर्नुपर्ने हो ? यावत कुराहरू सम्बन्धित सेवाप्रदायक निकायहरूको वेबसाइटहरूमा सहजै पहुँच हुने किसमले राखिएको पाइन्छ।

विद्युतीय सञ्चार तथा सूचना प्रवाह गर्न प्रयोगमा ल्याइएका विभिन्‍न साधनहरू जस्तैः ईमेल, ईन्टरनेट, विभिन्‍न वेबसाइटहरू, सामाजिक सञ्जालहरू (फेसबुक, ट्विटर) लगायतका साधनहरूको माध्यमको प्रयोग गरी जनतालाई सार्वजनिक सेवा र सूचना सहज, सरल, पारदर्शी र प्रभावकारीरुपमा उपलब्ध गराउने कार्य गरिँदै आएको अवस्था विद्यमान छ। अर्थात् सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट सेवा र सूचना जनसमक्ष पुर्‍याउने व्यवस्था मिलाइएको छ। विद्युतीय सञ्चार तथा सूचना प्रविधिको प्रयोगले कुनै पनि सेवा प्रदायकले प्रदान गर्ने सेवा र सेवाग्राहीले प्राप्त गर्ने सेवामा सहजता, सरलता, शीघ्रता र गुणस्तर कायम गर्दै सुशासनलाई मूर्त रूप दिन सकिन्छ। यी उल्लेखित सम्पूर्ण साधनहरूको प्रयोग गर्न मुख्य रूपमा विद्युत् मुख्य कच्चा पदार्थ हो वा सूचना प्रविधिका साधनहरू र विद्युत् परिपूरक वस्तु जस्तै हुन् भन्दा फरक नपर्ला। नेपालमा पनि नेपाल र नेपालीलाई ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने महाअभियान अन्तर्गत सूचना प्रविधिमैत्री नेपाल (डिजिटल नेपाल) बनाउने लक्ष्य लिई सो कार्यमा राज्य लागि परेको अवस्था छ।

नेपालमा बि.सं १९०८ मा छापाखानाको आविष्कार भएपछि सूचना र ज्ञानको विस्तारका साथै अभिव्यक्ति स्वतन्त्रतामा पनि ऐतिहासिक परिवर्तन सुरु भएको पाइन्छ। रेडियो तरङ्ग विस्तार, टेलिफोन, टेलिभिजन विस्तारले सञ्चार क्षेत्रमा ठुलो परिवर्तनको सुरुवात भयो। अहिले आएर सूचना तथा सञ्चार प्रविधि (डिजिटल प्रविधि) को विकासले गर्दा झन् मानव समाजको सबै गतिविधिमा आमूल परिवर्तन आएको छ। नेपालमा वि.सं २०२८ सालमा कम्प्युटरको प्रयोग गरी जनगणना तथ्याङ्क राख्ने कार्य देखी वि.सं. २०४२ सालमा टेलिभिजन सुरु भई हाल अर्थात् चौधौँ योजनाको समाप्तिसम्म विभिन्न पत्रपत्रिकाहरू, अनलाइनहरू लगायत विविध किसमका सामाजिक सत्र्जालहरु सूचना तथा सञ्चारजालको कडीको रूपमा मान्यता पाई देशभरि प्रयोगमा रहेका छन्।

सञ्चार प्रविधिको प्रयोगबाट सबैले उपयुक्त अवसर लिन सक्छन्। साथै सेवाप्रदायकहरुले कम खर्च, कम समय, एवं न्यूनतम जनशक्तिको प्रयोगबाट अधिकतम सेवा प्रदान गर्न सक्दछन् भने सेवाग्राहीहरूले सेवा प्राप्त गर्न पनि कम समय, कम खर्चका साथसाथै सेवा प्राप्त गर्दा हुने थप झन्झट बाट उन्मुक्ति प्राप्त गर्दछन्।

विद्युतीय सूचना प्रविधिको प्रयोग गर्न सेवाको पहुँचका आधारमा विभिन्न किसमका विद्युतीय उपकरणहरूको आवश्यकता पर्ने र सो विद्युतीय साधनहरूको प्रयोग गर्न वा उक्त साधनहरूलाई चलाउन बिजुली (विद्युत्) को आवश्यकता पर्ने हुन्छ। नेपालमा पनि विद्युत् विकासका लागि आवश्यक पर्ने नीति, ऐन, नियम, निर्देशिका तयार गर्ने, सर्वेक्षण निर्माणको इजाजत जारी गर्ने र नियमन गर्ने जिम्मेवारी पाएका ऊर्जा मन्त्रालय र मातहतको विद्युत् विकास विभाग, विद्युत् नियमन आयोग यस्तै नेपाल विद्युत् प्राधिकरण लगायतका संस्थागत व्यवस्था अनि विद्युतीय कारोबार ऐन, सूचना प्रविधि नीति लगायतका थुप्रै नीतिगत व्यवस्थाहरू रहेका छन्।

आजका दिनहरूमा धेरैले विद्युतीय सञ्चार तथा सूचना प्रविधि एवं यस प्रविधिको प्रयोगमा मुख्य परिपूरक वस्तुको रूपमा रहेको विद्युत् विकासको महत्त्व राम्ररी बुझेका छन्। त्यसैले यसको प्रयोग सीमित कार्यका लागि मात्र नगरी भरपुर उपयोग गरिनु आवश्यक छ। यसको सकारात्मक पक्षको रूपमा आजभोलि सञ्चार तथा सूचना प्रविधिका बारेमा सामान्य जानकारी नहुनेहरूले समेत यसको उचित प्रयोग गर्न सिकी प्रयोगमा समेत ल्याएका छन्। हाल सबैभन्दा बढी जनसम्पर्क हुने सरकारी तथा गैरसरकारी निकायहरूमा सूचना तथा सञ्चार प्रविधिको उपयोग विना काम हुनै नसक्ने अवस्था आएको छ। यस्ता क्षेत्रमा हुने कागजहरूको बढी प्रयोगलाई इन्टरनेटले घटाएको छ। यस्तो सञ्चार तथा सूचना प्रविधिका साधनहरू प्रयोगमा ल्याउन अर्थात् विद्युतीय सूचना प्रविधिको सञ्चालन गर्न विद्युत् आवश्यक पर्ने हुँदा विद्युत् विकास हुनु जरुरी छ।

उल्लेखित अवस्थामा विद्युतीय सामाग्रीहरू र विद्युत् एक अर्काका परिपूरक वस्तुहरूको रूपमा लिनुपर्ने हुन्छ।यसरी विद्युतको परिपूरक वस्तुहरूको रूपमा रहेका विद्युतीय सञ्चार तथा सूचना प्रविधिका साधनहरूको प्रयोगमा विद्युतको नै अभाव बाधक बन्न सक्ने अवस्था रहेको र रहन सक्ने अवस्थामा सो अभावलाई कम गर्दै लैजान यी दुई सेवाप्रदायक (विद्युतीय सञ्चार तथा सूचना प्रविधि र विद्युत्) बिच समन्वय र सहकार्यता विकास गरी आवश्यक पहल–कदम राज्यले चाल्नुपर्ने देखिन्छ।

निष्कर्षः
विद्युतीय सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र यसको अधिकतम प्रयोगको माध्यमबाट नयाँ नेपाललाई ई(नेपाल र सुशासनलाई ई–शासनमा स्थापित गर्न गाह्रो नपर्ला। यो अवस्थालाई मध्यनजर गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा गति प्रदान गर्न विद्युत् विकास र जलविद्युतको दिगो विकासका लागि राज्यले प्रभावकारी रूपमा पहल गर्नु जरुरी र विस्तार गर्नु आवश्यक छ। किनकि, जसको सुनौलो नतिजा भनेको सुन्दर, समृद्ध मानव समाज निर्माण हुनु हो र जसले किताबको अभावमा शिक्षा र जानकारीको अभावमा अवसर गुमाउनबाट पक्कै पनि जोगाउँदछ ।

प्रतिक्रिया दिनुहोस