वीरगञ्जमा ७५ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वीरगञ्जमा ७५ जना कोरोना संक्रमित थपिए


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा गरीएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्साका ७०, बारा र सर्लाहीका चार जना र एक जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको हो।

उनीहरु मध्ये १५ जना महिला छन् भने बाँकी सबै पुरुष हुन्।

वीरगञ्ज महानगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण महतो, महानगरको वारुण यन्त्रमा कार्यरत दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस