चितवन जिल्ला प्रहरी कार्यालयका २ प्रहरी र १ बन्दीमा कोरोना संक्रमण, १२ कर्मचारी क्वारेन्टिनमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चितवन जिल्ला प्रहरी कार्यालयका २ प्रहरी र १ बन्दीमा कोरोना संक्रमण, १२ कर्मचारी क्वारेन्टिनमा


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । चितवन जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ।

प्रहरी कार्यालयका दुई प्रहरी र एक बन्दी (थुनुवा) मा कोरोना संक्रमण देखिएपछि क्लोज कन्ट्याक्ट ट्रेसिङका लागी १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको हो

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुर अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा इलाका प्रहरी कार्यालय (टाडी) मा कार्यरत एक प्रहरी, जिल्ला ट्राफिक कार्यालय (चितवन) मा कार्यरत एक कर्मचारी र जिल्ला प्रहरी कार्यालय (चितवन) को हिरासतमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।

उनीहरूको कन्ट्याक्ट ट्रेसिङका क्रममा जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय (टाडी) का ती प्रहरी बिदाबाट फर्किएर आएको र क्वारेन्टिनमै रहेका बेला उनका कोरोना संक्रमण पुष्टि भएको हो।

हिरासतमा रहेका सबैको तत्काल पीसीआर परीक्षण गरिने चितवन प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस