२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी फुट्दैन, फुटाउन चाहने आफैँ सकिन्छन् : पूर्वमन्त्री तामाङ

अ+ अ-

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बताएका छन् । सिन्धुपाल्चोक चौतारामा आज आयोजित कार्यक्रममा उनले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेको छ, यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत हो भने ।

“कम्युनिष्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेको छ, त्यो सफल हुँदैन”, उनले भने, “पार्टी एकता विभाजन गराउन खोज्नेहरू आफैँ सकिन्छन् ।” कार्यक्रममा नेपाली काँग्रेस र राप्रपा नेपाल परित्याग गरी जिल्लाका दुई स्थानीय तहका करीब ७० स्थानीय नेताकार्यकर्ताले नेकपा प्रवेश गरेको घोषणा गरेका छन् ।

नेकपा जिल्ला पार्टी कार्यालयमा इन्द्रावती गाउँपालिका–३ का पञ्चलाल तामाङसहित झण्डै ३५ स्थानीय नेताकार्यकर्ता नेकपा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का सांसद तामाङ, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले स्वागत गरेका हुन् ।

त्यस्तै आज नै बलेफी–८ कागुनेमा पनि स्थानीयवासी राजेश तामाङ र इन्द्र श्रेष्ठको नेतृत्वमा करीब ५० युवा नेकपा प्रवेश गरेको बलेफी–८ का अध्यक्ष चरीबहादुर तामाङले जानकारी दिए । नवप्रवेशीलाई बलेफी गाउँपालिका अध्यक्ष तथा नेकपा प्रदेश कमिटी सदस्य केदार क्षेत्री, नेकपा बाह्रबीसेका अध्यक्ष ज्ञानेन्द्र राउत, जिल्ला कमिटी सदस्य प्रदीप पौडेल, कार्केल लामा र बलेफी–८ का अध्यक्ष तथा पालिका कार्यालय कमिटीका तामाङले स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस