काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरूमा बैठक नगर्न अपिल गरेको छ ।
मन्त्रालयले कोरोना संक्रमणकोजोखिम बढेको भन्दै कार्यालयमा बैठक, सेमिनार र अन्य जमघट नगर्न आग्रह गरेको हो । यदि यस्ता बैठक बन्द गर्न नमिल्ने भए भर्चुअल माध्यमबाट गर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका छन् ।