२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी पर्यटकले बनाउन सिके ‘नेपाली थाली’

अ+ अ-

पोखरा । नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन एक दिनको तालिम लिएका छन् ।

पोखराको चिप्लेढुङ्गास्थित कान्तिपुर होटल ट्रेनिङ इन्टिच्युटबाट विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन सिकेको होटल सञ्चालक विजय पौडेलले जानकारी दिए ।

‘उहाँहरु विभिन्न देशका नागरिक हुनुहुन्छ, बन्दाबन्दीले नेपालभित्रै रहनुपरेपछि एकअर्काबीच साथी भएर ग्रुप बनाउनुभएको रहेछ, एकदिन हामीलाई नेपाली खाना बनाउने तालिम दिनुस् भनेर आउनुभयो, हामीले १० जनाको टोलीलाई तालिम दियौँ’, उनले भने, ‘उक्त टोलीमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत, फ्रान्सलगायत देशका नागरिक रहेका छन् ।’

फ्रान्सका नागरिक माइकलले नेपाली खाना निकै स्वादिष्ट लागेको र पकाउँदा पनि निकै रमाइलो लागेको प्रतिक्रिया दिए। उनले अहिले लेकसाइडबाट थाइ मसाजको तालिम लिइरहेको बताए । आफ्ना केही साथी पोखरा आसपासका पदयात्रामा गएकाले उनीहरु फर्केपछि साथीलाई पनि नेपाली खानाका थाली बनाउन तालीममा सहभागी गराउने उनको भनाइ थियो ।

प्रशिक्षकद्वय निश्चल देवकोटा र विजय सुवेदीले पर्यटकलाई नेपाली खाना बनाउन सिकाएका थिए । ‘निकै मेहनत र रुचिपूर्वक तालिममा सहभागी हुनुभयो छोटो समयमा पनि मीठो नेपाली खाना बनाउन उहाँहरु सफल हुनुभयो’, प्रशिक्षक देवकोटाले भने। पर्यटकले आफूले बनाएको नेपाली खाना सबैजना मिलेर खाएको अर्का प्रशिक्षक सुवेदीको भनाइ थियो । उनले भने, ‘हामीले एकदिन तालिममा दाल भात तरकारी, अचारलगायतको आइटम बनाउन सिकाएका थियौँ, निकै रुचिपूर्वक सिक्नुभयो ।’सुवेदीका अनुसार उनीहरुले बिहान ९ बजेदेखि दिउँसोको समयमा दालभात तरकारी अचारका आइटम बनाउन सिकेको थिए ।

कान्तिपुर होटल ट्रेनिङ इष्टिच्युटले २०६३ सालदेखि सञ्चालनमा आएयता करिब २६ हजारलाई कुक तालिम दिइसकेको छ । तालिम लिएका ६० प्रतिशत विदेशका विभिन्न होटल तथा तारे होटलमा कार्यरत छन् भने ४० प्रतिशत नेपालभित्रै रोजगार र स्वरोजगार रहेको सञ्चालक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस