एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । कोरोना भाइरस संक्रमण बढेका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलका अनुसार काठमाडौं लगाएत विभिन्न स्थामा कोरोना संक्रमित संख्या बढ्दै गएकाले नतिजा प्रकाशणमा ढिलाई भएको हो ।

‘विद्यार्थीको नाम थर, प्राप्तांक आदि रुजु भइरहेको छ’ परीक्षा नियन्त्रक खकुरेल भन्छन्, ‘नतिजा आएपछि विद्यार्थीको गतिविधि बढ्ने भएकाले केही दिन पर्खेर हेर्नुपर्ने देखिन्छ ।’

गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाकै कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालयहरूले जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । देशभरी एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस