थप ३ सय ६० जना कोरोना संक्रमण, २ सय ३३ जना डिस्चार्ज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थप ३ सय ६० जना कोरोना संक्रमण, २ सय ३३ जना डिस्चार्ज


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको  संख्या १५ हजार ३ सय ८९ पुगेकाे छ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गरिएकाे छ। हाल देशभर ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा रहेका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेकाे छ।

Tags :
प्रतिक्रिया दिनुहोस