४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामुदायिक भान्सा’ अभियान सञ्चालन

अ+ अ-

महेन्द्रनगर । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग र सुमदायलाई लक्षित गरी माइती नेपाल कञ्चनपुरले सामुदायिक भान्सा अभियान सञ्चालन गरिरहेको छ । लामो समयसम्मको बन्दाबन्दी र त्यसपछि केही खुला भएको अवस्थामा पनि दैनिक ज्यालादारी गरेर हातमुख जोर्न बाध्य वर्ग समुदायलाई सामुदायिक भान्सा अभियानले धेरै राहत पुगेको बताइएको छ ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि सरकारले नेपाल–भारत सीमा ‘सिल’ गर्नुका साथै लकडाउन गरेपछि सीमा क्षेत्रमा मानव बेचबिखनका क्षेत्रमा निगरानी बढाउनुपर्ने अवस्था नरहेपछि माइती नेपालले कञ्चनपुर र बाँके जिल्लामा सामुदायिक भान्सा अभियान सञ्चालन गरी सुकुम्बासी, दलित, विपन्न र वादी समुदायमा पोषिलो खाना खुवाउने अभियान सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको सन्दर्भमा दैनिक ज्यालादारीमा काम गर्न जानु पनि उत्तिकै जोखिमपूर्ण रहेको कलावती सार्की बताउछिन् । अर्काकोमा गएर काम गरेर ल्याएको पैसाले पेट पाल्नुपर्ने अवस्थामा रहेका आफूहरुलाई माइती नेपालले यसरी खाना खुवाउने गरेकोमा उनी निकै हर्षित छिन् ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्लाको लालझाँडी, बेदकोट, भीमदत्त र महाकाली नगरपालिकामा यस अभियानमार्फत नौ हजार ५८५ लाई पोषिलो खाना खुवाएको जानकारी दिइन् । ‘हामीले दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्न बाध्य अवस्थामा रहेका परिवारमा पनि महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेका छौँ । एक छाक भए पनि उनीहरुलाई पोषिलो खुवाउने उद्देश्यले गत असार १६ गतेदेखि अभियान सञ्चालन गरेका हौँ ।’

माइती नेपालकी संयोजक भट्टले भनिन्, ‘कम्तिमा ५६ दिनसम्म जिल्लाभरि अभियान सञ्चालन गर्ने योजना छ । त्यसपछि पनि यसको आवश्यकता र प्रभावकारिता हेरेर थप्न सकिनेछ ।’ उनले हालसम्म यहाँको लालझाडी गाउँपालिकाको ठक्का निकुञ्ज पीडित शिविरमा आठ दिनसम्म भान्सा सञ्चालन गरेर दैनिक २५० जनालाई खाना खुवाइएको बताइन् ।

त्यसैगरी बेदकोट नगरपालिका–९ को निकुञ्ज पीडित शिविर र सुकुम्बासी शिविरमा पनि दुई दिन भान्सा सञ्चालन गरिरहेको थियो । त्यस्तै महाकाली नगरपालिकामा बादी बस्ती र ढकनीघाटमा गरी तीन दिनसम्म दैनिक २८० जनालाई खाना खुवाइएको माइती नेपालले जनाएको छ ।

‘युएन ओमनको आर्थिक सहयोगमा बाँके र कञ्चनपुरमा अभियान सञ्चालन भएको छु, भट्टले भनिन्, ‘भान्सा सञ्चालनका क्रममा आफैँ दाल, भात, हरियो साग, अचार पानीलगायतको व्यवस्था गरेर भोजन गराउने गरेका छौँ ।’ उनले बन्दाबन्दीमा सुकुम्बासी र विपन्न बस्तीमा रोगभन्दा भोकले मर्ने अवस्था आएको बताए ।

‘समुदायमै हप्तौँ बसेर खाना खुवाउने अभियानले लक्षित वर्गका नागरिक निकै खुशी भएका छन्’ उनले भनिन्, ‘आखिर रोगसँगै लड्न पनि त पोसिलो आहार चाहिन्छ नै ।’ माइती नेपालले वस्तुस्थिति हेरेर जिल्लाका अन्य शिविर र बस्तीमा समेत अभियान सञ्चालन गर्दै जाने बताएको छ । भीमदत्त नगरपालिकामा ३७ दिनदेखि यो अभियान जारी छ । भट्टले भनिन्, ‘यहाँ वृद्धाश्रमदेखि सुकुम्बासी, दलित बस्तीसम्म पुगेर खाना खुवाउने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस