५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी जाँच तीव्र

अ+ अ-

मुग्लिन । चितवन प्रहरीले जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ । बन्दाबन्दीका कारण रोकिएको अभियान बन्दाबन्दी हटेसँगै पुनः शुरु गरिएको हो ।

रात्रिकालीन जाँचलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि संयुक्तरूपमा सडक सुरक्षा जाँच कार्ययोजना कडाइका साथ लागू गर्दै रात्रिकालीन सवारी जाँचलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा ट्राफिक प्रहरी र जनपद प्रहरीले गत वर्ष माघ २० गतेदेखि सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना, २०७६ लागू गरी रात्रिकालीन सवारी जाँच शुरु गरेका थिए ।

प्रहरी प्रमुख गुरुङले भने, ‘सवारी व्यावस्थापनदेखि सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्ययोजनासहित प्रहरीले काम गरिरहेको छ, रातको समयमा भएको दुर्घटनामा मानवीय क्षति बढी भएको पाइएकाले जांँचमा कडाइ गरिएको हो ।’ उनले जाँचमा आफैँ फिल्डमा खटिएको पनि बताए। मुलुककै केन्द्र भागमा पर्ने चितवनमा हरबखत ‘हाइअलर्ट’मा बस्नुपर्ने भएकाले सम्भावित दुर्घटनाको न्यूनीकरण गर्न योजनाबद्ध तरिकाले सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना ल्याइएको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरुमा रातिको समयमा हुनसक्ने सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै चितवन ट्राफिकले चालक सचेतना अभियान शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए ।

नारायणगढ–मुग्लिन सडक र नारायणगढ–लोथर सडकमा रातिको ७ देखि १२ बजेसम्मको समयमा आलोपालो गर्दै लोथर, खैरहनी, टाँडी, गोन्द्राङ, आँपटारी र मुग्लिन गरी आठ स्थानमा जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भट्टले जानकारी दिए । उनका अनुसार रातको समयमा भएका दुर्घटनामा मानवीय क्षति बढी भएको र चालकको लापरवाही, तीव्रगति, चालकले मादक पदार्थ सेवन गरी चलाउने, एउटै चालकले लामो दूरीको सवारी चलाउनेलगायतका कारण दुर्घटना हुने गरेका छन् ।

विगतको तथ्याङ्क हेर्दा रातको समयमा बढी दुर्घटना हुने गरेकाले रात्रिकालीन समयमा झनै जाँच कडा पारिएको भट्टको भनाइ थियो । यसलाई न्यूनीकरण गर्न रात्रीकालीन समयमा कडाइ गर्न लागेको बताउँदै भट्टले भने, ‘‘रात्रिकालीन समयमा मापसे गरी सवारी चलाउने, चालक निदाउने, तीव्रगतिमा चलाउने र ट्राफिक नियम मिच्नेजस्ता घटना बढी हुने गरेका छन् ।’ जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा कार्ययोजना लागू भएपछि दुर्घटनाको दरमा कमी आउने बताउँदै भट्टले जिल्लामा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस