२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रूसलाई भाइरस खोपसम्बन्धी निर्देशन पालना गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

अ+ अ-

जेनेभा । विश्व स्वास्थ्य संगठनले मङ्गलबार रूसलाई भाइरस खोपसम्बन्धि निर्देशनहरू पालना गर्न आग्रह गरेको छ ।

मङ्गलबार मस्कोले तुरुन्तै कोभिड–१९ को खोपको उत्पादन सुरु गर्ने तयारीबारे मङ्गलबार घोषणा गरेपछि राष्ट्रसंघीय उक्त संगठनले रूसलाई सुरक्षित र प्रभावकारी खोप उत्पादन गर्ने दिशानिर्देशनहरूको पालना गर्न आग्रह गरेको छ ।

खोपबारे रूसी दावी
रूसले सोमबार सेप्टेम्बरमा कोरोनाभाइरस खोपको व्यापक उत्पादन गर्ने र अर्को वर्षमा प्रतिमहिना खोपको ‘करोडौँं’ मात्रा उत्पादन गर्ने लक्ष्यबारे जानकारी गराएको थियो ।

‘हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ’, उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताए । उनले भने, ‘हामी एक महिनाका लाखौं मात्रा उत्पादन गर्नसक्नेछौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछोँ, अर्को बर्षको शुरूसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ ।’

खोप विकासमा लागेको उक्त संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन प्रविधि तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले बताएका छन् ।

स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताकालागि आवश्यकप्रक्रिया सुरू भइरहेको बताएका थिए। गमलेयाको खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसको मतलब यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए एन्कोडिंगमार्फत आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।

गमालेयाको खोपले ‘एडेनोभाइरस’ उत्पादन प्रविधि हो जुन चीनको क्यानसिनोले उत्पादन गरेको खोपलाई काममा लिएको छ, चीनको क्यान्सिनोले विकास गरेको कोरोनाभाइरस खोपको प्रविधिसँग मिल्दोजुल्दो रहेको छ । क्यान्सिनोको खोपको पनि क्लिनिकल परीक्षणको अन्तिम चरणको परीक्षण भइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको भनाइ
रूसी घटनाक्रमका बारेमा सोध्दा डब्ल्यूएचओका अधिकारीले सबै खोप प्रयोगका लागि योगदान गरेका उम्मेद्वारहरु बाहिर निस्कनु अघि परीक्षणको पूर्ण चरणमा जानुपर्छ । ‘हाम्रा स्थापित अभ्यास र दिशानिर्देशहरू छन्,’ डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले जेनेभामा संयुक्त राष्ट्र संघमा पत्रकारहरूसँग भने ।

‘अवश्य पनि उत्पादनका लागि कुनै पनि खोप वा औषधिले अनुमतिपत्र प्राप्त गर्नुपर्छ । उनीहरूले विभिन्न परीक्षणहरू पार गर्दै अघि बढ्नुपर्छ,’ उनले भने ।

‘कहिलेकाँही अनुसन्धानकर्ताहरूले दावी गर्छन् कि उनीहरूले केहि नवीन कुरा भेटे जुन वास्तवमै खुशीको समाचार हुन्छ । हुनसक्छ कसैले खोप विकास गर्ने वा पत्ता लगाउने काम ग¥यो तर यसले खोपको आधिकारिकताका लागि धेरै चरणहरू पार गर्नपर्छ । खोप विकासको मार्ग भेट्नु र सबै काम गर्ने खोप बनाउनुमा ठूलो भिन्नता छ ।

प्रतिक्रिया दिनुहोस