काठमाडौँ । ककनी गाउँपालिकाको कार्यालयले अनिश्चित कालीन निषेधाज्ञा जारी गरेको छ ।
काठमाडौँबाट आएका एक ६० वर्षीय पुरुषको पीसीआर परीक्षणबाट कोरोना सङ्क्रमण भएको पाइएको भन्दै ककनी हाइट, घमैलोलगायत आसपासका बस्तीहरुमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको अध्यक्ष मान बहादुर लामाद्वारा जारी सूचनामा उल्लेख छ ।