खनाल र नेम्वाङलाई साक्षी राखेर ओली र प्रचण्डबीच छलफल सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खनाल र नेम्वाङलाई साक्षी राखेर ओली र प्रचण्डबीच छलफल सुरु


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगनपछिको गतिरोध हटाउन दुवै अध्यक्षबीच आज तेस्रो दिन पनि छलफल जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डबीच साँझ ५ बजेदेखि बालुवाटारमा पुनः वार्ता शुरु भएको छ ।

साउन १३ को स्थायी कमिटी बैठक प्रथम अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपामा संकट झनै गहिरिएको छ ।

आइतवार र सोमबार दुई दिन लगातार ५ घण्टाभन्दा बढी छलफल गर्दा पनि ओली र प्रचण्डबीच सहमति हुन सकेको छैन ।

आजको वार्तामा पनि प्रचण्डको तर्फबाट झलनाथ खनाल र ओलीको तर्फका सुवास नेम्वाङ सहभागी छन् ।

प्रधानमन्त्री ओली अब स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राख्ने पक्षमा छैनन् । ओलीले सचिवालय बैठकमा जोड दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस