थप २ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ९ पुग्याे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप २ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ९ पुग्याे


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


काठमाडौं । मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा यसको पुष्टि गरेका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १५ हजार २६ छ ।

पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस