विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु


प्रशासन संवाददाता

१९ श्रावण २०७७, सोमबार


विराटनगर। विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

सोमबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ७७ वर्षीय बलबहादुर थापाको मृत्यु भएको हो।

वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । उनको सवा ३ बजे मृत्यु भएको थियो भने त्यसको करिब एक घण्टापछि संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

थापाको मृत्युसँगै कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या ४ पुगेको छ। धरानस्थित वीपी प्रतिष्ठानमा प्रदेश २ का २ जना र १ जना मोरङ सुनवर्षी नगरपालिकाका स्थानीयको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस