३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतप्रतिको जनआस्था कमजोर नपार्न बारको अपिल

अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएसनले अदालतप्रतिको जनआस्था कमजोर पार्ने किसिमका गतिविधिमा नलाग्न अपिल गरेको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अदालत सधैँ जनआस्थामा टिकेको हुन्छ, नागरिकको अदालतप्रतिको आस्था टुट्न गएमा मौलिक हकको प्रचलन दुरुह हुने त छँदैछ, साथै लोकतान्त्रिक शासन व्यवस्थाप्रति नै अनास्था फैलिने र अन्ततः कानूनविहीनता र मत्स्य न्यायको स्थिति सिर्जना हुन जान्छ ।’

न्यायपालिकाले स्वतन्त्रता, सक्षमता, निष्पक्षता तथा न्यायिक सद्विवेकका आधारमा कानूनबमोजिम न्याय सम्पादन गर्नुपर्नेमा कुनै विवाद हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा कहिलेकाहीँ कुनै अदालतबाट भएका आदेश, फैसलालाई लिएर विभिन्न सञ्चारमाध्यमहरुबाट प्रकाशित हुने गरेको पाइएबाट उल्लेख भएअनुसार काम कारवाही नभई राखेको भन्ने बारलाई पनि महसुस भएको उल्लेख छ ।

‘अदालतको सहयोगी, अदालतको स्वतन्त्रता, सक्षमता, निष्पक्षताको पक्षमा विकृति, विसङ्गतिविरुद्ध सधैँ आवाज उठाइरहने संस्था बार मूकदर्शक भएर रहन सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘बारको साउन १६ गते बसेको बैठकले देशभरका अदालतबाट विकृति, विसगङ्तिजन्य आदेश तथा फैसला कुनै भएको भन्ने पाइएमा सो विषयमा अध्ययन गरी सम्बन्धित निकायमा आवश्यक कार्यार्थ लेखी पठाउने निर्णय भएको छ ।’

कानूनबमोजिम न्यायपूर्ण फैसला हुनुपर्दछ भन्नेमा नेपाल बार एसोसिएसन सधैँ दृढ रही समय–समयमा सर्वोच्च अदालत र न्याय परिषद्समक्ष ध्यानाकर्षण गराउँदै आएको र त्रुटिको गम्भीरता हेरी नेपाल बार एसोसिएसन स्वयं पनि आन्दोलनमा सरिक भएको विगत पनि बारले स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस