ऐना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ऐना


१७ श्रावण २०७७, शनिबार


जता हेर्‍यो त्यतै उस्तै
बौद्धिकताले हारेको
खडेरी सद्भावनाको
अभाव सदाचारीयताको
हुनुपर्ने गुण निरन्तर हराउँदै
थाहा नपाएको त होइन
नसिकेको पनि छैन

आफूलाई त सधैँ चाहिन्छ
अरूले नदिँदा मगजै डगमगाउँछ
जब पालो आउँछ आफूले दिनु पर्ने
अभाव त्यसकै खड्किन्छ
बिर्सेको किन उसलाई
जसले गरायो उत्कृष्ट हामीलाई
किन कुल्चिँदै त्यो मूल्य मान्यता
त्यो सदाचारीयता, त्यो माधुरीयता,
त्यो विनम्रता अनि मानवीयता
अरूलाई दिनु नपर्ने
तर आफूलाई चाहिने
आफै ठुलो आफै राम्रो
अरू चाहिँ किन तुच्छ, किन नराम्रो
आफूलाई चाहिने सराहना
अरूलाई किन अवहेलना
कता जाँदै छौ
किन जाँदै छौ

हराएर सबै कुरा
केही पाउने आसमा
त्यो उत्कृष्टताको दौडमा
कति निकृष्ट बन्दै
हेका छैन आफूबाट आफै टाढा भाग्दै
सत्य सत्य नै हुन्छ
राम्रो नराम्रो त सबैमा हुन्छ
आपm्नो स्वगाह मात्र किन हुन्छ
अरूको राम्रोमा स्वीकारोक्ति काँहा भाग्छ
सबै नराम्रो अरू
राम्रो मात्र आफु त काँहा हुन्छ
राम्रो त हितकारी हुन्छ
सत्य त दृष्टि प्रदक हुन्छ
जसले डोर्‍याउछ अन्धकार तर्फ
जसले पुर्‍याउछ अस्तित्वको अन्त्यतिर
त्यो कसरी राम्रो हुन्छ !

प्रतिक्रिया दिनुहोस