वीरगञ्ज। पर्सामा क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादव सहित ६४ जना कोरोना संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएका परिक्षणहरुको शुक्रबार राती सार्वजनिक गरिएका परिक्षण रिर्पोटमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादव , उनका चालक , पिएसओ सहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय बताए ।
उनले भने, संक्रमण पुष्टि भएका मध्ये एक पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य (साँसद) प्रदीप यादव , सांसद् यादवका निजि ड्राइभर र पीएसओ समेत रहेका छन् ।
साँसद यादवले आफू कोरोना संक्रमित भएको पुष्टि भएपछि घरमा नै आईसोलेसनमा बसेको र कुनै प्रकारका लक्षण नरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
त्यस्तै संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालकै एक डाक्टर र एक जना पारामेडिक स्टाफ रहेको डा. उपाध्यायले बताए । संक्रमित हुनेमा १५ देखि ६८ वर्ष उमेर समूहका ३ महिला र ६१ पुरुष गरी ६४ जना रहेको उनले जानकारी दिए ।