कोरोना महामारी नियन्त्रणका लागि थप ७ करोड निकासा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना महामारी नियन्त्रणका लागि थप ७ करोड निकासा


१६ श्रावण २०७७, शुक्रबार


जनकपुर । प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबार रु सात करोड निकासा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसनकक्षको थप व्यवस्थापन, बिरामीको खाना–खाजा र श्ययाको सङ्ख्यामा वृद्धिलगायतका लागि सो रकम निकासा गरेको जनाएको छ ।

बाराको सिमरामा कोभिड अस्पताल निर्माण गर्न रु एक करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शववाहन तथा एम्बुलेन्स खरिदका लागि रु एक करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाही जिल्लामा आइसोलेसनकक्षको व्यवस्थापनका लागि रु ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाका लागि रु ५०/५० लाख निकासा गरिएको छ ।

आवश्यकताको आधारमा जिल्लाबाट माग भएबमोजिम थप रकम व्यवस्थापन गरिने कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस