बसको ठक्करबाट प्रहरीहबल्दारको मृत्यु « प्रशासन
Logo ३ कार्तिक २०७८, बुधबार
   

बसको ठक्करबाट प्रहरीहबल्दारको मृत्यु


१६ श्रावण २०७७, शुक्रबार


भरतपुर । चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१प६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियोे । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस