मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी नियुक्त


१४ श्रावण २०७७, बुधबार


मकवानपुर । वाग्मती प्रदेश मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा.विश्वराज जोशीलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डा.जोशीलाई नियुक्त गरेको सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । त्यसैगरी बैठकले वैदेशिक सहयोग प्राप्ति तथा कर छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

उक्त बैठकले बालअधिकार समितिको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरिएको पनि प्रवक्ता ढुङ्गेलले जानकारी दिए । प्रदेशमा युवा परिषद् नियमावली संशोधनका लागि पनि सिफारिस गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस