प्रदेश २ सरकारलाई इजरायलले दियो स्वास्थ्य सामग्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ सरकारलाई इजरायलले दियो स्वास्थ्य सामग्री


प्रशासन संवाददाता

१४ श्रावण २०७७, बुधबार


काठमाडौं । इजरायल सरकारले कोभिड–१९ बाट अतिप्रभावित प्रदेश नं २ लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । यहाँस्थित इजरायली राजदूतावासले प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ती सामग्री आज हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्रीमा पिपिई, पञ्जा, मास्क, चश्मा, सानिटाइजरलगायत छन् ।

त्यस अवसरमा मन्त्री साहले प्राप्त सहयोगका निम्ति इजरायली सरकारलाई धन्यवाद दिए । राजदूत बेनी ओमेरले कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा इजरायलको ऐक्यबद्धता रहेको जनाउँदै थोरै भए पनि सहायता गर्न पाएकामा खुशी व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस