‘प्रदेश सरकारका योजनाहरु प्रभावकारी र नतिजामुखी छन्’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘प्रदेश सरकारका योजनाहरु प्रभावकारी र नतिजामुखी छन्’


१४ श्रावण २०७७, बुधबार


वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका तथा प्रदेशको बजेटबाट सञ्चालन भएका योजना प्रभावकारी एवं नतिजामुखी भएको बताएका छन् ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकाका विभिन्न योजना अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले थाहानगरमा समेत प्रदेश सरकारको योजना अनुरुप नै कार्य सञ्चालन भएको पाइएको भन्दै खुशी व्यक्त गरे ।

प्रदेश प्रमुख विष्णु प्रसाईसहित थाहा पुगेका पौडेलले थाहानगरका थाहा स्मारक पार्क, शीतभण्डार, बसपार्क, आँखा उपचार केन्द्र लगायतको अवलोकन गरेका थिए।

अवलोकनका क्रममा उनले थाहानगर पर्यटकीय नगर भएकाले पर्यटन प्रवद्र्धनका लागि थाहा स्मारक उद्यानले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पर्यटन प्रवद्र्धनमा नगरपालिकाले प्रभावकारी योजना सञ्चालन गरेको र यसलाई पूर्णता दिन आफ्ना तर्फबाट सहयोग हुने भन्दै उद्यान परिसरमा सञ्चालनको अन्तिम तयारीमा रहेको ‘कोशेली घर’लाई तत्काल सञ्चालन गर्न अनुरोध गरे ।

मुख्यमन्त्री पौडेलले प्रदेशको सहयोगमा वडा नं ४ थानाबजारमा निर्माण थालिएको बसपार्कको अनुगमन गर्दै ‘बसपार्क निर्माण एप्रोज’ अरूका लागि सिकाइको केन्द्र भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस