३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पितृभोजको खीर खाँदा २८ जना बिरामी

अ+ अ-

तानसेन । पाल्पाको रामपुरमा खिर खाएका २८ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७ मोहटीका ओमबहादुर सुनारका बुबाको निधन भएको १३ औँ दिनको पून्यतिथिका अवसरमा पकाइएको खिर खाएका आफन्त र छिमेकी बिरामी परेका हुन् ।

बिरामीको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ । केही आज र आइतबारदेखि बिरामी परेका थिए । सबै बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गरिएको रामपुर अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले जानकारी दिए ।

अधिकृत कोइरालाका अनुसार ‘फुडपोइजन’का कारण बिरामी परेको र बिरामीमा बान्ता हुने, ज्वरो आउने, पखला लाग्ने, टाउको दुख्ने र पेट दुख्ने लक्षण देखिएको छ । बिरामी हुनेमा रामपुर–७ मोहटी, कठानलगायत १८ देखि ५९ वर्षसम्मका पुरुष तथा महिला रहेका छन् । रामपुर–७ बाहेक अन्य क्षेत्रका आफन्त पनि भोजमा सहभागी भएका कारण बिरामीको सङ्ख्या बढ्न सक्ने रामपुर नगरपालिका–७ का वडासदस्य कमलराज भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस