६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परियोजनाको जग्गा अतिक्रमणः ८० घरटहरा भत्कायो

अ+ अ-

सर्लाही । सागरनाथ वन विकास परियोजनाका क्षेत्रमा अवैध रुपमा बनाइएका घरटहरा भत्काइएको छ ।

परियोजनाको नेतृत्वमा सर्लाहीकोे वाग्मती नगरपालिका-५ टेकानीस्थित अवैध रुपमा बनाएको ८० घरटहरा आइतबार भत्काएको हो ।

परियोजनाको जमिनमा छरपस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाई वाग्मती नगरपालिका-४ जिरायत र वडा नं ५ टेकानीमा एकत्रित बस्ती बनाएर राख्ने सहमति भएको थियो । परियोजनाको सहमतिमा वाग्मती नगरपालिकाले नगरभित्र जग्गा नभएका सुकुम्वासी परिवारलाई १८ धुरको दरले घडेरी वितरण गरेको थियो । सो क्षेत्रमा हाल ३०० सुकुम्वासी परिवारले घर बनाएर बसोवास गर्दै आएका छन् ।

परियोजनाले उक्त क्षेत्रको खाली जमिनमा गत वर्ष साउनमा बनाइएको घर छाडेर तारबार गरी मसला, टिक र अमलाको बिरुवा रापेको सागरनाथ वन विकास परियोजनाका प्रमुख जीतेन्द्र कर्माचार्यले जानकारी दिए । व्यवस्थित रुपमा राखेपछि पनि बिरुवा रोपेको जमिनमासमेत केही दिनयता स्थानीयवासीले आफूखुशी वनको जमिन अतिक्रमण गरी घर बनाउने र बालीनाली लगाउने गरिरहेका थिए ।

यसरी वनको जग्गा व्यापक रुपमा अतिक्रमणमा परेपछि आफ्नो स्वामित्वमा रहेको जमिनमा बनाएको घरटहरा भत्काउनु परेको प्रमुख कर्माचार्यले बताए । जनप्रतिनिधिको मिलेमतोमा रातारात अन्यत्र घरजग्गा भएकाले जग्गा ओगट्ने नियतले घर टहरा बनाउने तर बसोवास नगरेको भन्ने सूचनाको आधारमा भर्खरै बनेका घर टहरा भत्काइ जमिन खाली गरिएको परियोजनाले जनाएको छ ।

उक्त खाली गरिएको जमिनमा चाँडै वृक्षरोपण गरिने परियोजना प्रमुख कर्मचार्यले बताए । तर आफ्नो स्वार्थ पूरा गर्न केही राजनीतिक दलका नेता कार्यकर्ताले पटक–पटक बस्ती बसाउने बहानामा आफूखुशी जग्गा वितरण गरी घर टहरा बनाउन लगाएको स्थानीयवासीले बताएका छन् । यसरी जग्गा वितरण गर्दा जनप्रतिनिधिले आफ्नो नातेदार छान्नुका साथै कतिपयसँग पैसा लिएर जग्गा दिने गरेको वाग्मती नगरपालिका-५ का स्थानीयवासीको गुनासो छ ।

वाग्मती नगरपालिका-५ का वडाध्यक्ष कृष्णबहादुर वाइवाले सुकुम्वासीलाई जग्गा वितरण गर्ने क्रममा आर्थिक चलखेल नभएको र वास्तविक सुकुम्वासी पहिचान गरी प्रत्येक घरपरिवारलाई १८ धुर जग्गा वितरण गरिएको दाबी गरे । सर्लाही, रौतहट र महोत्तरी गरी तीन जिल्लामा फैलिएको सागरनाथ वन विकास परियोजनाअन्तर्गत १३ हजार ५१२ हेक्टर क्षेत्रफल रहेको छ । जसको खाली जमिनमा सर्लाही, रौतहट, सिन्धुली र महोत्तरीमा घर भएका मानिस सो क्षेत्रमा सुकुम्वासी भन्दै जग्गा लिएर घर टहरा बनाएर बसेका छन् । रासस

प्रतिक्रिया दिनुहोस